पोखरा आन्तरिक पर्यटकको पहिलो गन्तव्य, सडक महोत्सवले जागा लेकसाइड

पोखरा, १३ पुस/पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड । अध्यारो बढ्दै जाँदा दिनभर लेकसाइड एकाएक जाग्न थाल्छ । अनि राती अबेरसम्म लेकसाइड जागै रहन्छ । पुसको ठिहि¥याउने चिसोमा पनि लेकसाइड अबेरसम्म जागा छ । लेकसाइडलाई अबेरसम्म जगाउने एकमात्र कार्यक्रम हो–सडक महोत्सव । १८ वर्षदेखि पोखराको लेकसाइडमा सञ्चालित सडक महोत्सवले पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । स्वदेशी र विदेशी पर्यटकले यो बेला लेकसाइड भरीभराउ छ ।

अंग्रेजी वर्ष २०१६ को बिदाई र २०१७ को स्वागतार्थ लेकसाइडका पर्यटन व्यवसायी मात्र होइन, स्वदेशी तथा विदेशी पर्यटक पनि आतुर छन् । पुरै लेकसाइड अहिले बेहुलीझै सिंगारिएको छ । पर्यटकको ओहोरदोहोर मात्र होइन, विभिन्न खानेकुराका मिठा बास्नाले पनि अहिले लेकसाइड मगमगाइरहेको छ । भोक नजागे पनि खाउँखाउँ बनाइदिने स्वादिलो बासनाले खानैपर्ने बनाउँछ । पर्यटक तिनै स्वादलाई मिठो मान्दै नेपाली र विदेशी परिकारमा रमाइरहेका भेटिन्छन् ।

mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव
mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेबान० पोखराले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर एकै तालिका र अवधिका लागि सडक महोत्सव गर्दै आएको छ । महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो छ । त्यसैले त अहिले पोखराका होटलमा सितिमिती बास पाइदैन । अग्रिम बुकिङ नगरी आएका पर्यटकले त बासै पाउन मुस्किल छ ।

रंगिएको लेकसाइड ब्यानर र पोष्टरले झकिझकाउ छ । ‘सडकमै खाउँ, सडकमै नाँचौ, सडकमै रमाउँ’ भन्दै आयोजित महोत्सव फिस्टेलगेटदेखि डिहीकोपाटनसम्मको करिब तीन किलोमिटर क्षेत्रमा फैलिएको छ । यस क्षेत्रको कला, संस्कृति र भेषभुषाको जर्गेना गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गरिएको आयोजक रेबानको भनाइ छ । ‘पोखराका रेष्टुरेन्टको खानाको गुणस्तरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन समेत महोत्सवले सघाउनेछ,’ रेबान अध्यक्ष चौबहादुर गुरुङ भन्छन्, ‘त्यसमा हामी सफल भएका पनि छौं ।’

mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव
mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव

पर्यटन क्षेत्रमा यसबेला अफसिजन मानिन्छ । यो बेला विदेशी नआउँदा केही वर्षअघिसम्म रेस्टुरेन्टका कुर्सी रित्ता देखिन्थे । तर अहिले पाहुनाले भरिभराउ हुन थालेका छन् । पछिल्ला केही वर्षयता व्यवसायीले स्वदेशीलाई प्राथमिकता दिन थालेपछि पोखराले पाहुना अभाव झेल्नुपरेको छैन । यसले व्यवसायीलाई आर्थिक रुपमा पनि राहत दिएको छ । व्यवसायीको भनाइमा अहिले स्वदेशी पाहुनामा ‘घुम्ने कल्चर’ विकास भएको छ । युवापुस्तामा घुम्ने कल्चर झनै बढी भएको उनीहरु बताउँछन् ।

पाहुना घुम्न आउन थालेपछि पोखराको पर्यटन क्षेत्रले राहत महसुस गरेको व्यवसायीको भनाइ छ । ‘स्वदेशी पाहुनालाई नकारात्मक दृष्टि लगाउने व्यवसायीको शैली अहिले बदलिएको छ । यसको फाइदा व्यवसायीलाई नै भएको छ,’ गुरुङ भन्छन्, ‘स्वदेशीलाई महत्व दिन थालेपछि पाहुनाको आगमन पनि बढ्न थाल्यो । पाहुना बढेपछि होटल र रेस्टुरेन्ट व्यवसाय पनि फस्टाएको छ । पाहुना हुँदैनथे भने यो बेला यत्ति धेरै रेस्टुरेन्ट नखुल्न पनि सक्थे ।’

आन्तरिक पर्यटकमा घुम्ने बानी विकास हुन थालेपछि पोखरामा अफसिजनमा पनि पाहुना अभाव हुन छाडेको छ । अफसिजनमा सुनसान र बन्द हुने कतिपय होटल र रेस्टुरेन्ट अहिले बाह्रैमास खुल्न थालेका छन् । ‘यो बेला पोखरामा निकै कम पाहुना हुन्थे । पाहुना नभएपछि कतिपय रेस्टुरेन्ट बन्द भइसक्थे । अस्थायी रुपमा बन्द हुने रेस्टुरेन्ट पाहुनाको आगमन बढेपछि खुल्न थाल्थे,’ रेबानका निवर्तमान अध्यक्ष तथा महोत्सव संयोजक गोपी भट्टराई भन्छन्, ‘आन्तरिक पर्यटक यो बेला नआएको भए यतिबेलासम्म करिब ७० प्रतिशत होटल रेस्टुरेन्ट बन्द भइसक्थे । भूकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्रमा असर पुग्यो । तर आन्तरिक पर्यटकले त्यो असरलाई केही राहत मिलेको छ ।’

व्यवसायीका अनुसार स्वदेशी पाहुना भिœयाउने गतिलो माध्यम अहिले पोखरा सडक महोत्सव बनेको छ । भट्टराई पोखरा सडक महोत्सव स्वदेशी पाहुना भिœयाउने सबैभन्दा ठूलो चाड बन्दै गएको बताउँछन् । रेबान पोखराले एकै समय र अवधिका लागि वर्षेनी आयोजना गर्ने यो महोत्सव अहिले स्वदेशी पाहुनामाझ ‘ब्रान्ड’ नै बनिसकेको उनी बताउँछन् ।

अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको बिदाइ गर्दै हुन थालेको सडक महोत्सवमा मात्र करिब ४ लाख ५० हजार स्वदेशी पाहुना आउने व्यवसायीको अनुमान छ । पोखरामा वर्षेनी हुने महोत्सवले स्वदेशीलाई मात्र नभई पोखरा घुम्न आएका विदेशीको पनि बसाइ अवधि लम्बाएको उनको भनाइ छ । त्यस्तै महोत्सवका लागि भनेर आउने विदेशी पर्यटकको संख्या पनि बढाउँदै लगेको छ । ‘पहिला–पहिला यहाँका होटलमा यो बेला फाट्टफुट्ट विदेशी पाहुना हुन्थे । स्वदेशी त देख्नै मुस्किल थियो । आएका विदेशी पनि ‘क्रिसमस’ र ‘न्यु इयर’ मनाउन स्वदेश फर्किन्थे,’ उनले भने, ‘तर, अहिले समय फेरियो, आएका विदेशी पोखरामै अडिन थाले । बसाइँ सकिन थालेका पाहुना भिसा अवधि थपेर बस्न थालेका छन् ।’ स्वदेशी पाहुनाको महत्व बुझेर नै व्यवसायीले विभिन्न ठाउँमा पुगेर पोखरा घुम्न आउनु भन्दै निम्ता गर्न थालेको उनले बताए ।

व्यवसायीका अनुसार केही वर्ष अघिसम्म यो बेला पाहुना नआएपछि पर्यटन व्यवसायी फुर्सदिला हुँदा भारतको गोवा र थाइल्यान्ड लगायत ठाउँमा घुम्न जान्थे । तर, अहिले पाहुना तिनै व्यवसायी पाहुनाको स्वागतमा खट्न थालेका छन् । सडक महोत्सवमा परिकल्पनाकार पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई सडक महोत्सवले पोखराको पर्यटकीय माहोल उकासेको बताउँछन् । महोत्सवले विदेशी भन्दा पनि स्वदेशी पाहुनाको महत्व बढी दर्शाएको उनको बुझाइ छ ।

उनका अनुसार केही वर्ष अघिसम्म होटल र रेस्टुरेन्टको कम प्राथमिकतामा परेका स्वदेशी पाहुना अहिले मुख्य पाहुना बन्न थालेका छन् । स्वदेशी पाहुनालाई सकेसम्म होटलमा राख्नु नपरे हुन्थ्यो भन्ने व्यवसायी अहिले बढी महत्व तिनै स्वदेशीलाई दिन थालेका छन् । ‘अहिले यस्तो अवस्था आएको छ कि, स्वदेशी पाहुना पाए विदेशीलाई राख्न चाहँदैनन्,’ उनी भन्छन्, ‘व्यवसायीले आन्तरिक पर्यटकको महत्व बल्ल बुझेका छन् ।’ स्वदेशी पाहुनाको घुम्ने र रमाइलो गर्ने संस्कार बढ्दै जाँदा पनि यसले पोखराका पर्यटन उकासिएको उनको भनाइ छ । ‘न्यु इयर इभ’ ठूलै चाड बन्न थालेको छ,’ सडक महोत्सवका परिकल्पनाकार भट्टराई भन्छन् । आजको आर्थिक आवाज साप्ताहीकमा खबर छ ।

कमेन्टहरु
Loading...