अन्तर तमु समाज भलिवल उपाधि होड्मा पार्दी बी र आँधीखोला

पोखरा, १२ पुस/तमु जातिको नयाँ बर्ष, राष्ट्रिय चाड ल्होछारको अवसरमा तमु धिं नेपालमा पुस ११ गते देखि आयोजना गरेको तमु धिं नेपाल दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिता २०७३ को फाइनलमा तमु सहयोग समिति पार्दी बी र आँधी खोला तमु समाज फाइनलमा पुगेको छ ।

तमु धिं नेपालको भलिवल कोर्टमा आयोजित प्रतियोगितामा तमु सहयोग समिति पार्दी बी ले तमु चारभञ्ज्याङ तमु समाजलाई २८—२६, १८—२५, २५—२२ र २५—२१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने आँधीखोला तमु समाजले सोझो सेटमा तमु सहयोग समिति पार्दीलाई पराजित गर्दै दोश्रो वर्ष पनि उपाधिका लागि फाइनलमा प्रवेश गरेको हो । आँधीखोलाले पार्दी ए लाई २५—९, २५—१२ र २५—१७ मा पराजित गरेको हो ।

यस अघि भएको खेलमा आँधीखोलाले याङ्जाकोटलाई सोझो सेट २५—१२ र २५—९, तमु सहयोग समिति पार्दी बीले दुधपोखरी तमु समाजलाई २५—२० र २५—२३, पार्दी ए ले तनहुँलाई २५—२० र २५—२३, चारभञ्ज्याङले खिलाङ तमु समाजलाई २५—१७, २२—२५ र २५—२२ ले पराजित गरेको थियो ।

बुधवार बिहान ८ बजे तेश्रो स्थानका लागि चारभञ्ज्याङ तमु समाज र तमु सहयोग समिति पार्दी ए बिच खेल हुने र उपाधिका लागि पुर्वान्ह ११ बजे तमु सहयोग समिति पार्दी बी र आँधीखोला विच खेल हुने खेल संयोजक क्या.बीरबहादुर तमुले जानकारी दिनुभयो ।

प्रतियोगिताकोे विजेताले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने खेल संयोजक क्या.वीरबहादुर तमुले जानकारी दिनुभयो । यसरी नै वेष्ट प्लेयर र अनुशासित टिमले दुई दुई हजार रुपैयासहित पुरस्कृत हुने भएको छ ।

कमेन्टहरु
Loading...