फागुन ५ देखि पोखरामा क्यान इन्फोटेक मेला हुने

पोखरा, १२ पुस/कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सहआयोजनामा आठौं संस्करणको ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाद्वारा मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा फागुन ५ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी दिईएको हो ।

सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले इन्फोटेक गर्न लागिएको हो । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी गरिनेछ ।

इन्फोटेकमा सूचना, प्रविधि तथा संचार सम्बन्धी करिब १ सय १५ वटा स्टलहरु राखिनेछ । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने हाम्रो विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ । इन्फोटेकको तयारीका क्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा २९ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...