पोखरा, १२ पुस/पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दो अन्तर्गत आज भएको प्रतियोगितामा पश्चिमाञ्चलले २ स्वर्ण, १० रजत र ४ कास्य पदक जितेको छ ।
आज भएको प्रतिष्पर्धामा ५६—६० केजी तौल समूहमा दिनेश बुढामगरले स्वर्ण पदक जितेका हुन् । मध्यमाञ्चलको शंकर यादवलाई पराजित गर्दै स्वर्ण पदक जितका हुन् । ८१—८५ केजी तौल समुहमा साजन पथभैयाले स्वर्ण पदक जितेका छन् । उनले सशस्त्र प्रहरीका लकबहादुर ऐरीलई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै पश्चिमाञ्चलका दिपक गौतमले ४६—५० केजी तौल समुहमा आर्मीका पूर्णबहादुर मगरसँग पराजित भई रजत पदकमा चित्त बुझाए । यसैगरि ५१—५५ केजी तौल समुहमा विकल पौडेलले रजत पदक जिते । एपीएफका योगेन्द्र धिमालसँग पराजित हुदैँ उनी रजत पदक सिमित भए ।
महिलातर्फको ४०—४५ केजी तौल समुहमा रिना अधिकारीले रजत पदक जितिन् । नेपाली सेनाका निस्ना बस्नेतसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएकी हुन् । ५१—५५ केजी तौल समुहमा शर्मिला महतले रजत पदक जितिन् । नेपाली सेनाको रिना धिमालसँग पराजित हुदैँ उनी रजत पदकमा सिमित भइन् । त्यस्तै ६१—६५ केजी तौल समुहमा उमिसा घर्तीमगरले रजत पदक जितिन् । नेपाली सेनाकी सृजना राईसँग पराजित हुदैँ रजत पदक जितेकी हुन् ।
यता क्यापर्नतर्फ ब्ल्याक बेल्ट फष्टजानमा आयुषा कार्कीले रजत पदक जितिन् । मध्यमाञ्चलकी रञ्जु पुलामीमगरसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएकी हुन् । ब्ल्याक बेल्टको थर्डजानमा शर्मिला महतले रजत जितिन् । नेपाली सेनाकी तुलसा राजकलासँग पराजित हुदैँ रजत पदकमा सिमित भइन् ।
यस्तै ब्ल्याक बेल्ट फष्टजानतर्फ विमल रानाले रजत जिते । नेपाली सेनाका भिमबहादुर तामाङसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाए । ब्ल्याक बेल्ट सेकेण्डजानमा श्यामबहादुर गाहामगरले रजत पदक जिते । नेपाली सेनाका पूर्णबहादुरमगरसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाए ।
त्यसैगरि आईटिएफ तेक्वान्दो अन्तर्गत ६१—६५ केजी तौल समुहमा राजन रसाईली, ६६—७० केजी तौल समुहमा दानबहादुर सारु, ७१—७५ केजी तौल समुहमा टिप जिसी, ५६—६० केजी तौल समुहमा सिमा खाँसु र ६५ भन्दा माथिको तौल समुहमा दामना पुनले कास्य पदक जिते ।