माओवादी सचिवले भने-ताकत भए चुनाव गराए हुन्छ

१ असार, काठमाडौं। नेकपा-माओवादीका सचिव देब गुरुङ ताकत भए आफूहरुलाई बाईपास गरेर निर्वाचन गर्न चुनौति दिनु भएको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा गुरुङले भन्नुभयो -’चुनौति दिन चाहन्छु । ताकत भए सरकारले हामिलाई बाईपास गरेर चुनाव गराए हुन्छ । हामि पनि हातमा दहि जमाएर बसेका छैनौं ।’

dev-gurungसरकारले एकलौटी निर्वाचन गर्न खोजे मुलुक फेरि द्धन्द्धमा र्फकने भन्दै उहाँले निर्वाचनविरुद्ध जुनसुकै कदम चाल्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’फासिवादी, तानाशाही र विदेशीको आडमा नेपालीलाई दास बनाउन गरिने निर्वाचनको औचित्य छैनौ । हामि सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन दिन्नौ जनविद्रोह गर्छौं ।’ दलहरुको सहमति र विधी सम्मत ढंगले अघि बढेमात्रै निर्वाचन हुन सक्ने उहाँको भनाई थियो ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा-माओवादी सहितका दलहरु नआए पनि निर्वाचन भई छाड्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’निकासको लागि निर्वाचनका विकल्प छैन । त्यसैले बैद्य मात्रै होईन, डाक्टरहरु नआए पनि निर्वाचन हुन्छ ।’ चार दल र सरकार अब बैद्य सहितका दलहरुलाई निर्वाचनमा ल्याउन केन्द्रीत हुने भन्दै उहाँले सरकारको विस्थापन बाहेक सबै विषयमा असन्तुष्ट पक्षसँग वार्ता गर्न तयार रहेको बताउनु भयो ।

बैद्यपक्षको असन्तुष्टि र विरोधले पूर्व राजालाई फाईदा हुने भन्दै उहाँले भन्नुभयो-’सात सालमा वीपीको विरोध गर्दा संविधानसभा तुहियो, जननिर्वाचित प्रधानमन्त्रीको ठाँउमा निरकुश पञ्चायत ब्यवस्था आयो । जनमत संग्रहको विरोध गर्दा पञ्चायतले फेरि जित्यो, ५२ सालमा विरोध गर्दा १८ हजारले ज्यान गुमाउनु पर्यो । त्यसैले अहिले जनताको लागि निर्वाचनमा जानैपर्छ ।’

नेकपा एमालेका नेता रघुजी पन्तले मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन हुनु पर्ने भन्दै त्यसको लागि उपयुक्त वातावरण बन्ने विश्वास ब्यक्त गर्नुभयो । उपेन्द्र यादव र शरतसिंह भण्डारी चुनावमा आउने विश्वास ब्यक्त गर्दै उहाँले चुनावमा नआउने आफै एक्लिने बताउनु भयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/82369/#sthash.xwy4gbkM.dpuf

कमेन्टहरु
Loading...