पोखरा सडक महोत्सब तयारी अन्तिम चरणमा

पोखरा ११ पुस /पोखरा सडक महोत्सबको १८ औं संस्करण दुई पछिबाट हुदैछ । महोत्सबको सबै तयारी अन्तिम चरणमा पुरा भएको आयोजक रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सब हुने लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिगार्ने र कोमागाने पार्क भित्र स्टेज ब्यवस्थापन तथा स्टल ब्यवस्थापन लगायतका काम पनि अन्तिम चरणमा पुगेको संयोजक गोपी बहादुर भट्टराईले जानकारी दिए ।

महोत्सबको ९५ प्रतिशत तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि बसुन्धरा पार्कमा हुदै आएको कार्यक्रम यो बर्ष कोमागाने पार्कमा हुनेछ । महोत्सब पोखराको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिएको लेकसाइडको शहिदचोक देखि खहरे, डिहिकोपाटन सम्मको क्षेत्रमा हुनेछ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपालका विभिन्न भेगका सास्कृति सहित छिमेकी राष्ट्रका सस्कृति पनि देख्न पाइनेछ ।

यो बर्ष भारत, चिन र रसियाको सस्कृति समावेश गर्न लागिएको रेवान पोखराका अध्यक्ष चौ वहादुर गुरुङले बताए ।
पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले आयोजना गरिदै आएको यो महोत्सब पोखराकै प्रतिष्ठित महोत्सबका रुपमा समेत चिनिन्छ । यो महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको आयोजकको दावि छ । नयाँ बर्ष मनाउनकै लागि अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामै रमाउने बाताबरण महोत्सबले मिलाएको आयोजकको विश्वास छ ।

यो महोत्सबमा एकै साझ लाखौ मानिसहरु लेकसाइडमा ओर्लिन्छन् । नयाँ बर्ष मनाउन पोखरा पुग्ने पर्यटकको भिडले होटल तथा रेष्टुरेन्ट भरिभराउ हुन्छन् । महोत्सबको आकर्षणमा पोखराका विभिन्न आमा समुह, भजन समुह लगायत विभिन्न जातीय झाकीहरु, वाल उद्यान, ख्यातीप्राप्त कलाकारको दोहोरी गीत, हास्य प्रस्तुती सहित चर्चित कलाकारको लाइभ कन्सर्ट हुनेछ ।
महोत्सबको अबसरमा पोखरा आउने पर्यटकका लागि रेष्टुरेन्ट तथा होटलको नियमित मेनुमा १५ देखि २० प्रतिशत सम्म छुट दिइने आयोजकले जनाएको छ ।

महोत्सबको लागि सडकमा ओर्लने रेष्टुरेन्ट तथा महोत्सब स्थल भित्र रहने अन्य रेष्टुरेन्टमा मूल्य सूचीनै टास्ने तथा आफ्ना सदस्य रेष्टुरेन्टलाई नियमित मेनुमा छुट दिन आग्रह गरिएको संयोजक भट्टराईले बताए । महोत्सबको नाममा एकै रात बढी कमाउन खोज्ने होटल तथा रेष्टुरेन्ट अनुगमनको दायरामा आए कारवाहीमा पर्नेछन् । महोत्सबको अबसरमा कुनैपनि होटल तथा रेष्टुरेन्टले बढी मूल्य लिए तत्काल आयोजकलाई खबर गर्न समेत आग्रह गरेका छन् ।

होटल संघमा आबद्ध भएका र रेवानमा आवद्ध रेष्टुरेन्ट वाहेक अन्य होटल तथा रेष्टुरेन्टबाट यस्ता समस्या आइरहेका भन्दै उनले त्यस्ता प्रबृतिलाई निरुत्साहित गर्न जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुगमन टोली खटाइने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...