ढुङ्गेनीमा लोकगीतको विमोचन

पोखरा, ११ पुस/कश्यप मिडिया हाउस, कास्कीको आयोजनामा लोकदोहारीका फाँटमा उदीयमान कलाकार नवगायक राजन सुवेदीको ढुङ्गेनीमा लोकगीत सोमबार विमोचन गरेको छ । कार्यक्रममा एल्बम तथा सिडीको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष प्रेमराज अधिकारी, मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल र कश्यप मिडिया हाउसका प्रमुख गौरव त्रिपाठीले संयुक्त रूपमा विमोचन गरे ।

होमनाथ भट्टराईको शब्द सङ्कलन तथा नवगायक राजन सुवेदीको प्रस्तुति रहेको उक्त लोकगीतमा राजन सुवेदी र प्रियङ्का पराजुलीले स्वर दिनुभएको छ । कार्यक्रममा प्रेमराज अधिकारीले कलाकारहरू व्यावसायिक रूपमा बाँच्न गाह्रो छ तर समाज र राष्ट्रका अमूल्य गहना हुन् भन्दै लोक दोहोरीका क्षेत्रमा युवाको प्रवेश एकदमै सराहनीय भएको बताए ।

उनले पहिले दोहोरी गाउन घरबाट अनुमति नपाइने सामाजिक दृष्टिकोण थियो तर त्यसमा अहिले धेरै सुधार भएकाले लोक दोहोरी कला भएका कसैले पनि गाउन सक्ने र घरबाट अनुमति लिन पनि सजिलो छ । गीत सङ्गीत सबैले सुन्ने हुँदा त्यसमा पनि लोकगीत बुढेसकालको साथी बन्ने नेपाली समाज भएको बताए । कश्यप मिडिया हाउसका प्रमुख गौरव त्रिपाठीको साभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्मा, गीतकार होमनाथ भट्टराई, गायक राजन सुवेदी लगायतले शुभकामन दिएका थिए ।

कमेन्टहरु
Loading...