पोखराको अमरसिंहमा अर्गानिक खानालाई लक्षित गरी लेकाली चुलो घर सञ्चालन

पोखरा ११ पुस /आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पोखराको अमरसिंह चोककमा होटेल टास्क इन्टरनेश्नल अन्तर्गत लेकाली चुलो घर र टास्ट ट्राभल एण्ड टुर्स सञ्चालनमा आएको छ । पोखरामा निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट नजिकै रहेको लेकाली चुलो घरले विशुद्ध अर्गानिक खाना खुवाउने उद्देश्यका साथ लेकाली चुलो सञ्चालनमा ल्याएको सञ्चालक मिन बहादुर गुरुङले वताए ।

पर्यटकीय स्तरको होटल टास्क इन्टरनेश्नल अन्तर्गत रहने गरी लेकाली चुलो घर र टास्क ट्राभल्स सञ्चालनमा ल्याएको वताउदै सञ्चालक गुरुङले अर्गानिक खानाका पारखीलाई लक्षित गरी लेकाली चुलोले सेवा प्रदान गर्ने वताए । लेकाली चुलो घरमा विशेष गरी ग्रामीण भेगमा उत्पादन हुने मकै, कोदो, फापर, गहु लगायतका अन्नबाट निर्माण गरिने ढिडोको परिकार, ढिडो संग लोकल कुखुरा, असला माछा, लोकल बोका र लोकल पाडोको सुकुटीका पारखीलाई हामीले बिभिन्न स्वाद पस्किने गुरुङले वताए ।

त्यसको साथै खाजाका लागी भुटेको मकै र भट्ट, भुटेको गहु, मोही, पोलेको माछा र लेकाली झिरको स्वाद लिन पाइने छ भने सभा सेमिनारका लागी दुइ सय क्षमताको अति आधुनिक ढंगको सेमिनार हलको समेत ब्यवस्था रहेको छ । लेकाली चुलो घर संगै आन्तरिक तथा बाह्य पर्यटकलाई मध्येनजर गरी टास्क ट्राभल्स एण्ड टुर्स समेत सञ्चालनमा आएको छ । टास्क टुर्स एण्ड ट्राभल्सले विभिन्न पर्यटकका सवारी साधनहरु जीप, कार र भ्यान उपलब्ध गराउनुका साथै हवाइ टिकट, टुरिष्ट बस टिकट, टुर प्याकेजहरुका साथै साइड सिन र ट्रेकिङको समेत सुविधा प्रदान गर्ने भएको छ । पर्यटकलाई लक्षित गरी मनी चेन्जर र आइ एम इको समेत सुविधा प्रदान गर्ने सञ्चालकले जनाएको छ ।

हाल लेकाली चुलो घर र टास्क ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आइसकेको र आगामी असोज सम्ममा होटल टास्क इन्टरनेश्नल सञ्चालनमा आउने सञ्चालक गुरुङले वताए । ३० वटा रुप क्षमता रहेको होटलमा भ्यू टावर जहांबाट पोखरा भ्याली र मनोरम हिमश्रृङखलाको अवलोकन गर्न सकिनेछ, रुफ टप रेष्टुरेण्ट, २ वटा कन्फ्रेन्स हल , राउण्ड टेवल सहितको ३५ जना क्षमताको र ५० सीट क्षमताको सेमिनार हल हुने छ । त्यसैगरी १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट रुम हुने छ । होटलमा २ वटा अपार्टमेन्ट रहनेछ भने अण्डर ग्राउण्ड पार्किङ र लिफ्टको सुविधा रहेको छ । लेकाली चुलो घर र टास्क ट्राभल्स एण्ड टुर्सको भने आगामी पुस १५ गते तमु ल्होसारको अवसर पारी विधिवत उद्घाटन हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...