सातौं राष्ट्रिय खेलकुद अन्र्तगत टेनिसमा पुरुष तथा महिलातर्फ सेमिफाइनलमा प्रबेश

पोखरा, ११ पुस/नेपाल खेलकुद राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पोखरामा जारी सातौं राष्ट्रिय टेनिसमा सोमबार पुरुष तथा महिला एकल र डबलतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । पुरुष एकल तर्फ क्वाटरफाइनलमा जित हाँसिल गर्दै नेपाल पुलिस क्लवका कमल भण्डारी, पश्चिमाञ्चलका नबिन मगर, कुमार अधिकारी र आर्मी क्लवका संरक्षक भूषण बज्राचार्यले सेमिफाइनलमा स्थान बनाए ।

कमलले आर्मीका सक्षम कार्कीलाई ६–१, ६–१ ले, नबिनले एपीएफका श्रीराम मगरलाई ६–१, ६–२ ले, कुमारले नेपाल पुलिसका आवास मल्ललाई ६–३, ६–० ले तथा संरक्षण भुषणले मध्य पश्चिमाञ्चलका चन्द्रबहादुर थापालाई ६–१, ६–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । महिला एकलतर्फ नेपाल पुलिस क्लवका मायांका राणाले एपीएफका एनि माथेमालाई ६–०, ६–३ ले, आर्मीका ऐरा रावतले पूर्वाञ्चलका सलोनी तामाङ्गलाई ६–१, ६–३ ले, पूर्वाञ्चलका प्रेरणा कोइरालाले पश्चिमाञ्चलका गंगा सर्मालाई ६–२, ४–६ र ७–५ ले तथा नेपाल पुलिसकै मायिका राणाले एपीएफका विभुती कार्कीलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिता अन्र्तगत पुरुष डबलतर्फ पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहिको जोडीले आर्मीका चन्द्रशेन भुषण बज्राचार्य र सक्षम कार्कीको जोडीलाई ७–५, ६–४ ले, पुलिसका कमल भण्डारी र राजु श्रेष्ठले मध्यमाञ्चलका सहर्ष चन्द र आदित्य सुवेदीको जोडीलाई ६–१, ६–१ ले, एपीएफका श्रीराम मगर र सन्तोष खत्रिले पुलिसका प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–२, ६–४ ले तथा मध्य पश्चिमाञ्चलका प्रदिप शाह र हिमाल शाहको जोडीले पश्चिमाञ्चलका नविन मगर र प्रदिप खड्काको जोडीलाई ६–३, ६–४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे ।

महिला डबलतर्फको खेलमा पुलिसका मायांका राणा र मायिका राणाको जोडीले मध्यमाञ्चलका रायना शाह र अल्सा रेग्मीलाई ६–२, ६–१ ले, एपीएफका एनि माथेमा र क्याथे माथेमाले पूर्वाञ्चलका प्रेरणा कोइराला र सलोनी तामाङ्गलाई ६–३, ६–२ ले, एपीएफका विभुती कार्की र बिजिसा श्रेष्ठले पश्चिमाञ्चलका सुबांगि लक्ष्मी शाह र अनु रोक्काको जोडिलाई ६–०, ६–० ले तथा आर्मीका आइरा रावत र अभिलाषा विष्टको जोडीले मध्यमाञ्चलका सर्वानी श्रेष्ठ र स्नेहा यादवको जोडीलाई ६–०, ६–० कै सेटमा पराजित गरेका छन् ।

कमेन्टहरु
Loading...