पोखराको अर्मलामा ४५ लाखको लागतमा बास्केटबल कोर्ट बन्दै

पोखरा, ११ पुस/पोखराका अर्मला कोटमा ४५ लाखको लागतमा बास्केटवल कोर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिव ६ रोपनी जग्गामा बनेको बास्केटबल र भलिवल कोर्टबाट पोखराको सम्प्र्ण तथा मनोरम हिम श्रंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

पोखरा उपमहानगर पालिका वडा नं २८ भित्र बनेको यो नै पहिलो सुविधा सम्पन्न वास्केटबल कोर्ट रहेको नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले जानकारी दिए । अर्मला हाल युके निवासी जित वहादुर गुरुङ्ग (डव्लु. ओ. वान) को पहलमा अर्मला कोट युके समाजको सहयोगमा वास्केटबल कोर्ट अर्मला कोटमा रहेको सिता प्रावीको प्राङ्गणमा वनेको नेपाल वास्केटबल संघका उपा्रध्यक्ष जुम प्रसाद गुरुङ्गले वताए ।

“कुनै बेला अर्मलाकोट छेलो खेल्ने ठाँउका लागि प्रशिद्ध थियो” जित वहादुरले भने–“हरेक श्रीपंचमीको मेलामा यहाँ छेलो प्रतियोगिता हुन्थ्यो र टाढा–टाढा बाट छेलो खेल्न अर्मला आउँथे, तर अहिले त्यो समय रहेन, समय परिवर्तन संगै हामीले यहाँ भलिवल र बास्केटवल कोर्ट बनाउने निधो ग¥र्यौ र सफल पनि भयौं ।” जित वहादुरको विशेष रुची भनेको शिक्षाको लागि रहेको उनले बताए । “गाँउको यस्तो रमणिय स्थानमा भएको विद्यालयमा विद्यार्थी घटुदै जानु चिन्ताको विषय थियो गाँउका वावु नानीलाई विद्यालयमा आर्कषित गर्न पनि खेल मैदान आवश्यक थियो”– जित वहादुरले भने ।

समुद्र सतह देखि करिव १५०० मिटरको उचाइमा अवस्थित अर्मलाकोटमा कोर्ट निर्माण सम्पन्न गर्न युकेमा कार्यरत गाँउका चेली वेटी र गाँउले हरुले ठूलो सहयोग गरेको जित वहादुरले वताए । पहिलो फेजमा जग्गा किन्ने, १ सय ४० थान तार जाली लगाउने, मैदान सम्याउने कार्य सम्पन्न गरिएको उनले वताए । दोश्रो फेजमा कोर्टमा खेल हेर्नका लागि भि.आइ.पी स्टण्ड, दर्शकको खेल हेर्न सुविधाका लागि प्याराफिट समेत बनाइएको छ भने टान्सपरेन्ट फाइवर वोर्ड राखिएको छ जसको मु्ल्य ८० हजार रहेको र काम सम्पन्न गर्न ५ प्रतिशत वाँकी रहेको जित बहादुरले बताए ।

३० वर्षे सेनाको जिवन र १७ वर्षे निजी जागिरे जिवन विताएका जितबहादुरलाई सिता प्रावीले एक कार्यक्रम गरि सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले समाज विकासकालागि सफा मन आवश्यक रहनु पर्ने बताए । उनले भने “भावि सन्ततीका लागि पनि सवैले सकारात्मक भएर सोच्न र कार्य गर्नु पर्छ ।”

सो अवसरमा जापानी नागरिक तथा समाजसेवी कियोसी सातो सानले सिता प्रावीका लागि १ लाख जापानी ऐन (नेरु करिव ८४ हजार) विद्यालय व्यवस्थापन समितीका अध्यक्ष क्या. भुपाल सिंह गुरुङ्गलाई हस्तान्तरण गरे । रिटायर्ड इन्जिनियर समेत रहेका ८० वर्षका उनी हरेक वर्ष विद्यालयका लागि जापानमा सहयोग रकम जुटाउने र अर्मला पुुगेर सहयोग गर्दै आएका छन । उनी र जित वहादुरलाई सो अवसरमा विद्यालय, गाँउले समाज, आमा समुह तथा युवा क्लव संयुक्त रुपमा सम्मान गरेको थियो ।

सो अवसरमा अर्मलामा नव निर्मित गुरुङ्ग सामुदयिक घर (खेपना) का अध्यक्ष कर्ण वहादुर गुरुङ्गले सामाजिक कार्यमा अनावश्यक आरोप लाग्नु स्वाभाविक रहेको वताए । कार्यक्रममा लायन्स क्लव अफ पोखरा चौतारीका रमेश केसी, एमाले गाविस अध्यक्ष चुडामणी आचार्य अन्नपुर्ण मावीका प्रअ यम नारायण लामिछाने, सिता प्रावीका प्रअ गणेश खत्री लगाएतले अर्मलाको विकासका लागि बोलेका थिए ।

कमेन्टहरु
Loading...