कास्कीकोटको भुजेल गाउँमा होमस्टे

पोखरा, ११ पुस/प्राकृतिक रुपमा राम्रो हुदा हुदै पनि पछि परेको भन्दै कास्कीकोटको भुजेल गाउँमा सामुहीक रुपमा होमस्टे संचालन गर्न स्थानिय बासी अगाडी बढेका छन् । कास्कीकोट गाविसको वडा नम्बर २ मा पर्ने भुजेल गाउँलाई होमस्टेका रुपमा विकास गर्न गाउँलेहरु कसिएका हुन् । पोखरा देखि १३ किलोमीटर र नाउडाँडाँबाट २३ किलोमीटर टाढा पोखरा र नाउडाँडाको बिचभागमा पर्छ ।

पोखराका मात्र नभई नेपालका बिभिन्न ठाँउका र बिदेशी पर्यटनको लागि उत्कृष्ट गन्तब्य बनाउन भुजेल गाउँलाई होमस्टे बनाउन लागेको हाम्रो कास्कीकोट युवा सञ्जालका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले बताए । उनले भुजेल गाउँबा अन्नपुर्ण हिमाल, माच्छापुच्छे« हिमालले नजिकबाट हेर्न सकिने बताए । उनले मानिसले धान, गहँ, मकै, आलु, पिडालु, सागपाल लगायका स्थाानिय उत्पादन भएका खानेकुराले पाहुनालाई स्वागत गर्ने उनको भनाई छ ।

स्थानिय लोक भाका, भुजेलको भाषा संस्कृतिले भुजेल गाँउले त्यस ठाँउमा जाने पर्यटनलाई अन्य ठाँउको भन्दा छुट्टै मनोरञ्नजन गरेका छन् । पोखराको नजिक रहेर पनि त्यती चर्चामा नपुगेको यस ठाँउमा भुजेल गाँउमा लगभग ३० घरहरु छन् । यस ठाँउमा लगभग दिनमा ४० जना पर्यटन होमस्टेमा बस्न सक्ने भुजेल गाँउ होमस्टे समितिका उपाध्यक्ष लालबहादुर भुजेलले जानकारी दिए ।

पुरात्वयीक यस ठाँउमा कास्की मात्र नभई नेपालकै ईतिहास बोकेको उनिहरु ब्ताउ छन् । नेपालका २२÷२४ स्यराज्य गर्ने बेलाको कास्कीकोटको दरबार अथवा कुलमण्ल शाहाको दरबार खड्क गाँउ कोट दरबार देख्न सकिन्छ । यस ठाँउबाट हिमालय श्रङख्लाको सुर्यउदय तथा सुर्यअस्त देख्न सकिन्छ । यो दरबार कास्कीकोटको मात्र नभई कास्कीकै गहनाको रुपमा भएको उनको भनाई छ । राज्य संचालको लागि बनाईएको कोत तथा भण्डार पनि भुजेल गाँउ नजिकै रहेको उनले बताए ।

यस ठाँउमा होमस्टे संचालन गर्नुको मुख्य उद्देश्य बिदेशीएका नेपालीलाई नेपालमा बस्ने वा फर्कने वातावरण बनाउने नै रहेको डाडाँपारी होमस्टे संचालन समितिका अध्यक्ष बल बाहादुर भुजेलले बताए । अन्य मानिसले अबका दिनमा बिदेशमा जान गर्ने लगानी गाँउको होमस्टेमा लगानी गर्ने इच्छा रहेको बताए । नेपाल सरकारले २०६८ सालमा होमस्टे संचालनको लागि विभिन्न नियमहरु तोकेको छ । अहिले साधारण होमस्टे संचालनमा भएतापनि उनीहरुले केही समयमा नै सरकारले तेकीएको अनुसार संचालन गर्ने बल बाहादुर भुजेलले बताए ।

 

कमेन्टहरु
Loading...