कवि शिरोमणिको जन्मजयन्ती त्रिदिवसिय रुपमा मनाइने

लेखनाथ, १० पुस/कवि शिरोमणि लेखनाथ पौडेलको १३३ औं जन्मजयन्ती त्रिदिवसिय रुपमा मनाइने भएको छ । कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्व प्रकास लामिछानेको अध्यक्षतामा आइतबार वसेको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यक्रम अन्तर्गत पहिलो दिन पुष १३ गते लेखनाथ चोकमा रहेको लेखनाथ प्रतिमा तथा चोक सरसफाइ हुने भएको छ। जसलाई लेखनाथ जेसिज,सृजना वहिरा मावि र लेखनाथ अर्घौं बजार व्यवस्थापन समितिले सहजीकरण गर्ने भएका छन्।
यसै गरी पुष १४ गते दोस्रो दिन जन्मघर सरसफाइ तथा विद्यालय स्तरीय स्थल गत कविता लेखन तथा बाचन प्रतियोगिता हुने भएको छ जसको समंयोजन लायन्स क्लव अफ लेखनाथ रहने भएको छ।

भने पुष १५ गते तेस्रो दिन लेखनाथ चोकमा माल्यपर्ण सहित तरुणतपसी पार्कको उद्घाटन गरी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्प्रेती र वरिष्ठ भाषाविद बालकृष्ण पोख्रेलको प्रमुख आतिथ्यतामा मुल कार्यक्रम अर्चलेमा गरिने भएको छ । सोहि कार्यक्रममा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार मेघराज आचार्यलाई प्रदान गरिने भएको छ ।

कमेन्टहरु
Loading...