पोखरामा पुस अन्तिम साता ‘इक्यान शैक्षिक मेला’

फाइल तस्विर

पोखरा, १० पुस/उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा पुस अन्तिम साता ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोाजनामा पुस २७ देखि २९ सम्म पोखरा सभागृहमा चौथो इक्यान शैक्षिक मेला आयोजना हुने लागेको हो ।

वैदेशिक अध्ययनका लागि जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागेको इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिए । तिवारीले भने–‘वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरु र उनीहरुको अभिभावकलाई उचित परामर्श आवश्यक रहेकोले हामीले मेलाको आयोजना गरेका हौँ ।’ मेला अवधिभर पोखरा र पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।

मेलामा शैक्षिक परामर्श दिने व्यवसायीहरु र रुस, डेनमार्क, भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, जर्मन, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने मेलाका प्रचारप्रसार संयोजक पुर्ण न्यौपानले जानकारी दिए ।

तीन दिने मेलामा विद्यार्थीहरुले देशी तथा विदेशी थुप्रै कलेज तथा विश्वको बारेमा परामर्श लिन सक्नेछन् । मेलामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई विद्यार्थी भिसा प्रणाली, वित्तिय कागजात, र अन्य आवश्यकीय कागजपत्र लगायतका विषयमा विभिन्न विषयमा देशका कलेज तथा विश्वविद्यालयहरुको समग्र शैक्षिकस्थती र भर्ना प्रक्रियाको बारेमा जानकारी दिइने इक्यान कास्की सचिव भुवन क्षेत्रीले जानकारी दिए । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एसोसिएसन पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छ ।

सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी, ट्राभल्स पाट्र्नसमा इन्जय नेपाल टुर एण्ड ट्राभल्स छन् ।

यस्तै अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपुर्ण एफएम, गन्थन डटकम, जक्सन डटकम रहेका छन् । मेला सम्पन्न गर्न उपाध्यक्ष रमेश थापाको संयोजकत्वमा देवराज शर्मा र बालचन्द्र परियार सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ । त्यसै गरि वित्तिय व्यवसथापन उपसमितिको संयोजकमा रुद्र अर्याल, बालचन्द्र परियारको संयोजकत्वमा स्टललेआउट उपसमिति, पुर्ण न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र भुवन क्षेत्रीको संयोजकतवमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

धेरै शैक्षिक परामर्श केन्द्रहरु एकै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक तथा राष्ट्रिय शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने आयोजकले भनाई छ । मेलामा ४५ वटा स्टल रहने छन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

कमेन्टहरु
Loading...