रोटरी जर्नोल अवार्ड बसन्तीलाई

यस वर्षको रोटरी जर्नल अवार्ड पत्रकार बसन्ती बास्तोला सम्मानीत भएकी छन् । आज काठमाडौमा भएको कार्यक्रमा बास्तोलालाई नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सम्मान गरे । रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ले पुरस्कार बास्तोलालाई महिला र सामुदायिक विकासमा योगदान पु¥याए बापत दिएको हो ।

_DSC0301रोटरी जर्नोल अवार्ड २०१३ बाट साक्षरतामा शिवहरी प्रसाद भट्राई, स्वास्थ्यमा एकराज पाठक, वातावरणमा राजु शिलवाल र नया“ पुस्ता, आर्थिक विकासमा किरण नेपाललाई पुरस्कार दिएको छ । पुरस्कारको राशि रु २५ हजार नगद र सम्मानपत्र छ । यस पुरस्कार वार्षिक ५ वटा विधामा वितरण गरीदै आएको छ ।

कमेन्टहरु
Loading...