दशौं हिसान कास्की स्र्पोट्स मिट शुक्रवार बाट सुरु

पोखरा, ८ पुष।उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट शुक्रवार बाट औपचारिक रुपमा सुरु भएको छ । दशौ हिसान कास्की स्र्पोट्स मिट अन्र्तगत बास्केटबल छात्र तर्फको उदघाटन खेलमा ग्लोबल उमावी विजयी भएको छ । ग्लोबलले टप्स उमावीलाई ३०–२१ स्कोरले पराजित गर्यो ।

दशौं हिसान कास्की स्र्पोट्स मिट शुक्रवार बाट सुरु

त्यसै गरि अन्य खेलमा न्यू ग्यालेक्सीले गोल्डेन फ्युचरलाई ५४–३८, कास्की मोर्डनाइज्डेले स्टेप वाइ स्टेपलाई २७–१६ ले, पोखरा युनाइटेडले न्यु ऐरालाई २६–१५ ले पोखरा उच्च मावी ले स्पाइरल ग्यालेक्सीलाई ३९–१९ ले र न्यु डायमन्डले नेपाल आर्दशलाई २५–१० स्कोरले पराजित गर्यो ।यसैगरि आजै सम्पन्न छात्रा तर्फको भलिवल खेलमा भलिवल तर्फका खेलमा स्पाइरल ले पोखरा उमावीलाई २५–१०, २५–१५ को सोझो सेटमा पराजित गर्यो ।त्यसैगरि अन्य खेलमा डायमन्डले नेपाल टुरीजम होटल म्यानेजमेन्टलाई २५–१६, २५–१२ ले, हिल पोइन्टले कास्की मोर्डनाइज्डलाई २५–१०, २७–२९ र १८–२५ ले मदर लेण्डले जेसिए लाइ २५–१७, २५–९ ले र न्यू ग्यालेक्सीले लिटिल स्टेपलाई २६–२४, २६–१७ को सोझो सेटमा पराजित गरेको छ ।

छात्र तर्फको भलिवल खेलमा लिटिल स्टेपले पश्चिमाञ्चललाई २५–२०, २५–१३ ले, स्पाइरलले ग्लोवल लाई २५–६, २५–६ ले नेपाल आर्दशले डायमन्डलाई २५–२०, २६–२४ ले न्यु मोडलले करुणानिधी उमावीलाई २५–२१, २६–२८ र २२–२५ सेटले पराजित गरे । प्रतियोगिताहरु भेली पनि जारी रहने भलिवल प्रतियोगिताका संयोजक दिवाकर जैशीले वताए । प्रतियोगिताको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले खेलकुदले एक आपसमा भाइचारको सम्वन्ध वढाउन र अनुशासन सिकाउन सहयोगी भुमिका खेल्ने बताए । उनले खेलकुदलाई जिवन संग जोड्न आग्रह समेत गरे ।

कमेन्टहरु
Loading...