लायन्स सिभिक र हेरिटेजको संयुक्त रक्तदान

पोखरा, ८ पुस । लायन्स क्लव अफ पोखरा पिस सिभिक र लायन्स क्लव अफ पोखरा हेरिटेजले शुक्रवार पोखरामा संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रमवाट ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक चिफ एमवेष्टर एमजेएफ विशेश्वर आचार्यले पोखरा हेरिटेजका अध्यक्ष तथा पहिलो रक्तदाता सोभित पौडेललाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका छन् । सेवाको भावनावाट स्थापित लायन्स क्लवहरुले रक्तदान लगायतका सामाजिक सेवाको कार्यहरुलाई निरन्तरता दिनुपर्ने सो अवसरमा आचार्यले धारणा राखे ।

लायन्स सिभिक र हेरिटेजको संयुक्त रक्तदान

पिस सिभिकका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन विनोद ढुङगानाले शुभकामना मन्तव्य राखेका छन् । कार्यक्रममा स्वागत रक्तदान कार्यक्रम संयोजक तथा पिस सिभिका सदस्य निमवहादुर गुरुङ तथा संचालन पोखरा हेरिटेजका सचिव शिव सुवेदीले गरेका थिए । क्लवले आफ्नो मानविय सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम गरेको र २ वर्षको अविधिमा दुई दर्जनभन्दा वढि कार्यहरु गरेको र आउदा दिनहरुमा पनि निरन्तरता दिने पिस सिभिकका अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...