कंगारु एजुकेशन अब सेलवेज टावरमा

पोखरा, पुस कङारु एजुकेशन फाउन्डेशनले पोखराको चिप्लेढुङा स्थित सेलवेज टावरको ५ औं तल्लामा क्षेत्रीय हेड्क्वार्टर स्थापना गरेको छ । शुक्रबार नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले एक विषेश कार्यक्रम माझ उक्त कार्यालयको समुद्घाटन गरेका थिए । कार्यालयमा रहेका अन्तराष्ट्रिय गुणस्तरका काउन्सेलिङ कक्षाहरु, मल्टिमिडिया जडित अत्याधुनिक कक्षा कोठाहरु, पुस्तकालय तथा कम्प्युटर ल्याबहरुले बिद्यार्थीहरुलाई सहज रुपमा आयल्स, टोफल्स्, स्याट, जिआरई, जिम्याटका तयारी कोर्स गर्नका लागि उपयुक्त वातावरण प्रदान गर्ने कङारू एजुकेशन फाउन्डेशन पोखरा कार्यालयका प्रमुख कार्यकारी टि. आर.काफ्लेले बताए ।

कंगारु एजुकेशन अब सेलवेज टावरमा

सन २०१४ देखी पश्चिमाञ्चल हेड्क्वर्टरका रुपमा सेवारत यस कम्पनीले कास्की मात्र नभै आसपासका १० भन्दा बढी जिल्लाका विद्यार्थी तथा अभिभावकलाई सेवा प्रदान गर्दै आएको छ । अस्ट्रेलिया, न्युजिल्यान्ड्, सन्युक्त राज्य अमेरिका तथा युरोप जान चाहने सेवाग्राहीलाई उत्कृष्ट एवं भरपर्दो परामर्श दिने उदेश्यले आफ्ना कार्यालय पूर्वधार तथा मानव संशाधनमा समय अनुकुल सुधार र बिस्तार गर्दै अगाडी बढी रहेको यस संस्थाले सम्बन्धित देशका उच्च मान्यता प्राप्त बिश्वबिद्यालय तथा कलेजहरुमा आफ्ना विद्यार्थीहरुलाई भर्ना र भिषा प्रकृयामा सहजिकारण गर्ने मात्र नभै उक्त देशमै शाखा कार्यालय स्थापना गरी त्यहाँ पर्न सक्ने समस्यामा समेत सहयोगी भूमिका निभाउँदै आएको कङारू एजुकेशन फाउन्डेशनका प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए ।

हाल अस्ट्रेलिया स्थित मेलबर्न शहरमा आफ्नो अन्तराष्ट्रिय सम्पर्क केन्द्र रहेको कङारु एजुकेशन फाउन्डेशनको प्रधान कार्यालय काठमाडौंको पुतली सडकमा रहेको छ भने अन्य कार्यालयहरु बिर्तामोड (पूर्वाञ्चल क्षेत्रिय कार्यालय), चितवन, बुटवल तथा चाबहिलमा रहेका छन् । उद्घाटन समारोहमा प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञावली अभिभावकको तर्फबाट ईश्वरमणी अधिकारी, कंगारु एजुकेशनका प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिना, अध्यक्ष सुस्मिता पराजुली, अस्ट्रेलिया काउन्सेलर बबिता पराजुली, प्रमुख कार्यकारी टि.आर. काफ्ले, अनिल प्रधान, मोटिभेटर रमन नेपाली लगाउतले कंगारु एजुकेशन फाउन्डेशनको  प्रगतिको कामना गर्दै यसको विविध कार्य तथा उदेश्यको वारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...