फेवा सहकारीको १८ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पोखरा, ८ पुस ।फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.सृजनाचोक पोखरा ८ ले खुल्ला रक्तदान, निःशुल्क मधुमेह सुगर परीक्षण तथा सृजनाचोक आसपासमा सरफाई कार्यक्रम गरी १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य वद्रीनथा अधिकारीले पहिलो रक्तदाता कविता पौडेललाई व्लड व्याग दिई कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाहरु सामाजिक उत्तरदायित्वका कार्यमा लागि मानवीय सेवाका कार्यहरु मार्फत सहकारी विकासमा लाग्नुपर्नेमा जोड दिए ।

फेवा सहकारीको १८ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

कार्यक्रममा १ सय ५० जनाले मधेमेह जाँच गरेको कार्यक्रममा पहिलो पटकदेखि २० औं पटकसम्म रक्तदान गर्ने रक्तदाताहरु १९ जनाले रक्तदान गरेका थिए ।कार्यक्रममा पश्चिमाञ्चल रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र केसी, शिव बराल, अस्मिता पौडेल र ज्ञानेन्द्र बिक्रम राना तथा रिजनल अस्पतालका प्राविधिक सूर्य बहादुर राना, डिपेन्द्र कोइराला, निशा सुनार र मन कुमारी विकले सहयोग गरेका थिए ।

कार्यक्रमम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य भीम गुरुङ्ग, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत संघका उपाध्यक्ष सुदीप ढकाल, राष्ट्रिय सहकारी संघका प्रबन्धक केदारनाथ उप्रेती, रिजनल अस्पतालका प्रबन्धक अर्जुन शर्मा, रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र केसी, रामबजार सोसाइची युकेका संस्थापक उपाध्यक्ष एवम् निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग, कार्यक्रम संयोजक निर्मल पौडेल लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...