भेट्रान फुटवलमा शुक्रबार प्री क्वाटर फाइनलका खेलहरु सम्पन्न

पोखरा ०८ पुस।पोखराको पुरानो टुडिखेलमा जारी भेट्रान फुटवलमा शुक्रबार प्री क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन । शुक्रबार सम्पन्न पहिलो खेलमा बगर भाइखलक ए ले बुटवल सोसाइटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।खेलमा बगर भाइखलकको तर्फबाट बिशाल गुरुङले २ र राजेन्द्र तामाङले एक गोल गरेका थिएभने बुटवलको तर्फबाट शुकलाल तामाङले सान्तवना गोल गरेका थिए ।

भेट्रान फुटवलमा शुक्रबार प्री क्वाटर फाइनलका खेलहरु सम्पन्न

उक्त खेलमा म्यान अफ दी म्याच बगर भाइखलकका बिशाल गुरुङ घोषित भए ।  दोश्रो खेलमा लायन्स क्लव अफ मुनालले दिप युनाइटेडलाइ १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा लायन्स क्लव अफ मुनालका कोमल बहादुर जिसीको गोल निर्णायक गोल बन्न पुग्यो । खेलमा लायन्य क्लव अफ मुनालका धरम सिंह लामिछाने म्यान अफ दी म्याच घोषित भए ।तेश्रो खेलमा सिएमजी काठमाण्डौले आदिवासी फुटवल क्लवलाई ५–१ गोल अन्तरले पराजित ग¥यो ।

सिएमजीको तर्फबाट अनिलराज भण्डारी १, चेतनारायण श्रेष्ठले ह्याट्रिक ३ र राजिव नेपालीले १ गोल गरेका थिएभने आदिवासीको तर्फबाट हिरा बहादुर थापाले सान्तवना गोल गरे । खेलमा सिएमजीका ह्याट्रिक गर्ने खेलाडी इन्द्रराज राज भण्डारी म्यान अफ दी म्याच घोषित भए ।चौथो खेलमा फोर्टी फाउण्डेशनले बुटवल भेट्रानलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । फोर्टी फाउण्डेशनको तर्फबाट सुदीप केसीले २ र नविन पाण्डेले १ गोल गरेका थिएभने बुटवल भेट्रानको तर्फबाट शेरबहादुर भण्डारीले सान्तवना गोल फर्काएका थिए । खेलमा सुदिप केसी म्यान अफ दी म्याच घोषित भए ।

पांचौ खेल नाइट किंग क्लव सानो गौचरणले बिरगन्ज लाइ ४–० गोल अन्तरले पराजित ग¥यो । नाइटकिंग क्लवका निमा लामा, आकाश गुरुङ, सरोज थापा र मनु गौतमले एक एक गोल गरेका थिएभने गोलगर्ने खेलाडी निमा लामा म्यान अफ दी म्याच घोषित भए ।शनिवार क्वाटर फाइनल अन्तर्गत क्लव मोसिस काठमाण्डौ र फोर्टी फाउण्डेशन, सिएमजी काठमाण्डौ र बिरगन्ज युनाइटेड सिटी, बगर भाइखलक ए र सानो गौचरण , रोटरी क्लव अफ मकवानपुर हेटौडा र लायन्स क्लव अफ मुनाल पोखराबीच हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...