सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टेनिस खेल पोखरामा

सागर राज तिमिल्सिना
पोखरा, ९ पुष /नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल पोखरामा हुने भएको छ । ६ इभेन्टमा महिला र पुरुष गरि ६७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । १६ स्वर्ण, १६ सिल्भर र ३२ कास्यका लागि प्रतिस्पर्धा गर्ने शुक्रबार पोखरा आयोजीत पत्रकार समेलमा नेपाल लन टेनिस संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

प्रयितोगितामा ४० जना पुरुष र २७ जना महिला खेलाडीले सहभागीता जनाउने छन् । पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेण्ट, मेन्स सिंगल, डबल, तथा महिला सिंगल, डबलतर्फ प्रतिस्पर्धा हुने छ ।

पुर्वअञ्चलमा एकै ठाउँमा चार वटा टेनिस कोट नभएका कारण पोखरा खेल सञ्चालन गर्नु परेको नेपाल टेनिस संघ अध्यक्ष ज्योती राणाले जानकारी दिइन् । ‘राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वमा सञ्चालन गरिएको भएपनि टेनिस पोखरामा गर्न हामीले राखेपलाई आग्रह ग¥यौं र प्रतियोगिता पोखरामा ल्याइयो’ राणाले पत्रकार सम्मेलनमा भनिन् । पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण पनि यो प्रतियोतिगा त्यहाँ सञ्चालन गर्न केहि कठिन हुने भएकाले प्रतियोगिता पोखरामा आयोजना गरिएको राणाले बताइन् ।

‘प्रतियोगिता काठमाण्डौमा पनि गर्न सकिन्थ्यो, तर पोखराले संघर्षका साथ छोटो समयमै यहाँ पाँचवटा कोर्ट बनाइसकेको छ, त्यसैले पनि हामीले प्रतियोगिता पोखरा ल्याउन जोड दियौं’–उनले भनिन् । प्रतियोगितामा विभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच टिम गरि ८ टिमको सहभागिता रहने टेनिस प्रशिक्षक सूर्यभुषण बज्राचार्यले जनाकारी दिए ।

कमेन्टहरु
Loading...