भेट्रान फुटवलमा क्लव मोसिसका हरिहर थापाको ह्याट्रिक

पोखरा, ७ पुष /पोखराको पुरानो टुडिखेल मैदानमा जारी छैठौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगितामा बिहीबार ६ खेल सम्पन्न भएका छन । बिहीबार सम्पन्न पहिलो खेल बगर भाइखलक र बुटवल भेट्रान्स बीचको खेलमा बगर भाइखलकलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । बुटवल भेट्रानका सन्देश श्रेष्ठको एक गोल नै निर्णायक गोल हुन पुग्यो भने खेलको म्यान अफ दी म्याच पनि सन्देश नै घोषित भए ।

दोश्रो खेलमा मनाङ मस्र्याङदी भेट्रानको अनुपस्थितीमा लायन्स क्लव अफ मुनाल पोखरा वाक ओभर बाट अघिल्लो चरण प्रवेश ग¥यो । तेश्रो खेलमा बुटवल एकेडेमीक भेट्रान्सले मौजा मोहोरियालाई पांच एक गोल अन्तरले पराजित ग¥यो । उक्त खेलमा बुटवलको अमर पुन मगर, सुमित क्षेत्री, बिनोद गौतम, शुकलाल तामाङ, किसान बहादुर थापा ले गोल गरेका थिएभने मौजा मोहोरियाको तर्फबाट झलक थापाले सान्तवना गोल फर्काएका थिए । उक्त खेलमा म्यान अफ दी म्याच बुटवलका शुकलाल तामाङ घोषित भए ।

चौथो खेलमा बिरगञ्ज युनाइटेड सिटीले एबीसीलाई एक शुन्य गोल अन्तरले पराजित ग¥यो । खेलमा बिरगञ्ज युनाइटेडका उमेश थापाले निर्णायक गोल गर्न सफल भएभने बिरगञ्ज युनाइटेडका गोल रक्षक जितेश डंगोल म्यान अफ दी म्याच घोषित भए । पांचौ खेलमा नखीपोटको अनुपस्थितीमा रोटरी क्लव मकवानपुर हेटौडा वाक ओभरबाट अघिल्लो चरण प्रवेश ।

बिहीबारको अन्तिम खेलमा क्लव मोसिस काठमाण्डौले हेम्जा भेट्रान लाई सात शुन्य गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा क्लव मोसिसका प्रदिप लामा दुइगोल, अर्जुन लामा एक गोल , रमेश लामा एक गोल र हरिहर थापाले तीन गोल गरेका थिए । उक्त खेलमा म्यान अफ दी म्याच प्रतियोगितामै पहिलो ह्याट्रिक गर्न सफल हरिहर थापा भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बगर भाइखलक ए र बुटवल शोसाइटी, दीप युनाइटेड र लायन्स क्लव अफ मुनाल, आदिवासी फुटवल क्लव र सी एम जी काठमाण्डौ (पूर्व राष्ट्रिय खेलाडीको टीम) , फोर्टी फाउण्डेशन नेपाल(नायक धिरेन शाक्यको टीम) र बुटवल भेट्रान, सानो गौचरण नाइट किंग काठमाण्डौ र बिरगञ्ज एकेडेमी बीच हुने आयोजक बगर भाइखलकले जनाएको छ ।

कमेन्टहरु
Loading...