लेखनाथ पत्रकारीता पुरस्कार स्थापना

लेखनाथ, ७ पुष/लेखनाथ क्षेत्रको समृद्धिकालागि पत्रकारीता भन्ने मूल नाराका साथ स्थापना भएको लेखनाथ पत्रकार मञ्चले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले लेखनाथ पत्रकारीता पुरस्कार स्थापना गरेको छ ।

मञ्चको बिहीबार बसेको बैठकले आगामी पुस १५ गते कविशिरोमणि लेखनाथ पौडेलको जन्मोत्सवको अवसर पारेर पत्रकारीताको माध्यमवाट लेखनाथ नगर क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउने एक जना पत्रकारलाई नगद ११ हजार एक सय ११ सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गर्ने निर्णय गरेको हो ।

छनौट समितिको संयोजकमा मञ्चका अध्यक्ष भिमपाणि वराल रहनेगरी पुरस्कार छनौट समितिको सदस्यहरुमा लेखनाथ नगरपालिका कार्यालय, लेखनाथ उद्योग वाणिज्य संघ, मञ्चका सचिव विष्णुहरी पौडेल, कोषाध्यक्ष सन्दीप पौडेल र सल्लाहकारहरुको तर्फवाट महेश्वर पाण्डे रहेको पुरस्कार छनौट समिति गठन गरीएको छ ।

मञ्चले आगामी दिनमा विभिन्न क्षेत्रवाट आर्थिक सहयोग संकलन गरी पाँच लाख वरावरको अक्षयकोष स्थापना गरी हरेक वर्ष एक एक जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।

कमेन्टहरु
Loading...