मनसुन सांगीतिक साँझ शुक्रबार

पोखरा, ७ पुस/मनसुन सांगीतिक साँझ पोखराको लेकसाइडमा आज (शुक्रबार) हुँदैछ । फ्रिक रिर्डस क्लवको आयोजनामा साँझ ६ बजे देखि राति १० बजेसम्म लेकसाइड होटेल स्नोल्यान्डमा हुने क्लवका अध्यक्ष अर्जुन गिरीले बताए ।

‘समर लभ र साया’ जस्ता पुस्तकबाट युवा पुस्तामा लोकप्रिय बनेका लेखक सुविन भट्टराईको उपस्थितिमा सांगीतिक साँझ हुने उनले जनाए । ‘पोखरेली पाठकसँग सुविनको साक्षात्कार हुनेछ,’ उनले भने, ‘यसको साथै बसन एन्ड क्रु ब्यान्डको मोलेडियस प्रस्तुति रहनेछ ।’

सुविनको पछिल्लो उपन्यास ‘मनसुन’ लाई पनि पाठकले निकै रुचाएका छन् । ‘मनसुन साँगीतिक साँझ’ ले युवा पाठकमा लेखकलाई प्रत्यक्ष उभ्याउने भएपछि पढ्ने बानीको विकास हुने गिरीले बताए । कहिल्यै किताब नपढेका र पठनमा बानी नभएका युवामा पनि भट्टराईका कृति पढ्ने फेसनै चलेको हुँदा कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

क्लवले यस अघि भट्टराईकै ‘साया’ उपन्यासको बुक पार्टी कार्यक्रम आयोजना गरेको थियो । पोखरा र सेरोफेरोका झन्डै ५ सय युवाको सहभागिता हुने अपेक्षा गरिएको छ । कार्यक्रम सफल बनाउनको लागि लेभलनेक्स्डले सर्पोट गरेको छ ।

कमेन्टहरु
Loading...