युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा पोखारामा प्रदर्शन

पोखरा , पुस अनेरास्ववियु कास्की युवा संघ कास्किको सयुक्त आयोजनामा पोखारामा आज मसाल जुलुस प्रदर्शन गरिएको युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या,पेट्रोलियम पर्दाथमा मुल्य वृद्धिको बिरोधमा प्रदर्शन गरिएको हो ।पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको मलास जुलुस महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थिए  सयौ युवा तथा विद्यार्थीहरु सडकमा उत्रिएर सरकारको विरुद्धमा नलायक सरकार मुर्दाबाद,हत्यारालाइ कारबाही गर , नागरिकलाई सुरक्षाको प्रत्याभूती गर जस्ता नारा लगाएका थिए

तिवारीको हत्याको बिरोधमा पोखारामा प्रदर्शन

कोण सभालाइ सम्बोधन गर्दै युवा संघ कास्कीका अध्यक्ष बिष्णु पुनले युवा संघले थालेको आन्दोलनलाई कमजोर नआक्न सरकारलाई चेतावनी दिए ।उनले तत्काल हत्यारालाइ कारबाहीको माग गरे ।अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले सरकार यहि तरिका बाट अगाडि बढे ज्ञानेन्द्रको जस्तै हालत बनाइदिने चेतावनी दिए प्रचण्ड लेण्डुप दोर्जे बन्दै उनले भनेप्रचण्ड बिमलेन्द्रको पतन निश्चित रहेको त्यसको सुरुवात यहि आन्दोलनले गरेको ’ अनेरास्ववियु कास्की अध्यक्ष बिबेक देवकोटाले दुर्गा तिवारीको हत्यारालाइ कारबाही नगरे सम्म यो आन्दोलन जारी रहने बताए

कमेन्टहरु
Loading...