युवा नेता अधिकारी अमेरिका प्रस्थान

पोखरा, ३१ जेठ/नेकपा एमालेका युवा नेता तथा पूर्व सभासद रविन्द्र अधिकारी दुई हप्ताका लागि अमेरिका प्रस्थान गर्ने बताए । अमेरिकी सरकारको निमन्त्रणमा ‘अन्तराष्ट्रिय नेताहरुको भ्रमण’ कार्यक्रममा सहभागी हुन शुक्रबार राती अमेरिका तर्फ प्रस्थान गर्दै छन् ।

RAbindraसो कार्यक्रममा विश्वका २० देशका २० जना नेताहरु सहभागी हुनेछन् । अमेरिकाको वासिङटन डिसी, न्यूयोर्क, फ्लोरिडा, सान फ्रान्सिस्को लगायतका राज्यमा नेतृत्व सम्बन्धी आयोजना हुने कार्यक्रममा अधिकारी सहभागी हुनेछन् ।

अमेरिकी सरकारले निकै महत्वका साथ आयोजना गरेको सो कार्यक्रममा नेपालको तर्फबाट अधिकारीले प्रवचन दिने कार्यक्रम छ । ‘नेपालको नेतृत्व विकास, संघीय राज्यको मोडेलका बारेमा चलिरहेको बहस र अन्तराष्ट्रिय सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्नु पर्नेछ ।’ अमेरिका उड्नु अघि अधिकारीले भने ।

कमेन्टहरु
Loading...