पोखरा वडा नं. १० मा प्लाष्टिक अनुगमन

पोखरा ६ पुस /पोखरा उपमहानगर पालिकाको प्लाष्टिक मुक्त नगर घोषणासँगै वडालाई पनि प्लाष्टिक मुक्त क्षेत्र बनाउन का लागि वडा नं. १० मा प्लाष्टिक अनुगमन गरको छ ।

अनुगमनका क्रममा टोल विकास संस्था वडा समन्वय समितिद्वारा चेतना का लागि पम्प्लेट पनि वितरण गरिएको थियो । अनुगमनका क्रममा करिब ४० के.जी. निषेधित प्लाष्टिक जफत गरिएको उक्त कार्यक्रम बुद्धचोकबाट शुरु गरि गौरीमार्ग, रामबजार, ईन्द्रमार्ग, पृथ्वीराजमार्ग, घलेचोक, दुचिटोल, रक्षामार्ग, कामना टोल हुँदै अमरसिँह चोकमा पुगी समापन गरिएको थियो ।

अनुगमनका क्रममा टोलबासीलाई पहिलो चरणमा गरिएको यो अनुगमनले आमटोलबासीलाई सचेत हुन आग्रह गरिएको तथा पछि पोखरा उपमहानगर पालिका बाट हुने अनुगमनका क्रममा जरिवाना गर्न सक्ने हुँदा अब आईन्दा निषेधित प्लाष्टिक तथा प्लाष्टिक जन्य सामाग्रीको प्रयोग नगर्न नगराउन अनुरोध गरिएको थियो ।

वडा समितिको कार्यालयका सचिव नवराज थापाको नेतृत्वमा पोखरा १० स्थित बुद्धचोकबाट शुरु गरिएको उक्त अनुगमन कार्यक्रममा वडा स्थित विभिन्न राजनैतिक दलका संयन्त्र, वडा नागरिक मञ्चका संयोजक शान्ति सुवेदी, टोल विकास संस्था वडा समन्वय समितिका सचिव किरण प्रसाद भट्टचन, महिला वडा समन्वय समितिका अध्यक्ष निर्मला कार्की भण्डारी, नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्ग, श्रमिक बालिकाहरुको सम्पर्क केन्द्रका अध्यक्ष सूर्यबहादुर बानिया, ने.रे.सो. उपशाखा १०÷११ का युवा सर्कलका सदस्य शंकर बानिया, बुद्धचोक महिला समूह, कामनाटोल टोल विकास संस्था, कामनाटोल महिला समूह, गौरीमार्ग टोल विकास संस्था, शान्तिपथ टोल विकास संस्था, ईन्द्रमार्ग टोल विकास संस्था, युनाईटेड क्लब पोखरा, पो.उ.म.न.पा. का नगर प्रहरी, वडा प्रहरी कार्यालयका प्रहरी लगायतले अनुगमन गरेको थियो ।

कमेन्टहरु
Loading...