पोखराको जरेवरमा कारले ठक्कर दिदाँ २ जना घाईते

पोखरा, ६ पुष /पोखरा उपमहानगरपालिका ६ जरेवरमा मंगलबार साझँ ग १ च ४३२८ नम्बरको कारले ग ११ प ५२४४ नम्बरको स्कुटर ठक्कर खादाँ २ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक पोखरा १४ चाउथेका ३५ वर्षिय श्याम गुरुङ र स्कुटर पछाडी सवार २४ वर्षकी बिमला गुरुङ घाइते भएका हुन् ।

घाइतेहरुको मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । दुवै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...