फोटोमा पर्वत झल्किदै

पोखरा, ३१ जेठ/पर्वत जिल्लाका प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहर समेटिएका फोटोहरुको प्रदर्शनी शनिबार पर्यटन बोर्डको कार्यालय पोखरामा हुदैछ । भू–प्राकृतिक संरचना, सांस्कृतिक गन्तब्य स्थल, गौरबमय इतिहास, मौलिक गाउ“ घरहरु, पहाडी बान्की, स्थानीयता र नखुलेका अनुपम सुन्दरताले भरिपुर्ण फोटोहरु प्रदर्शनी गर्न लागिएको हो ।

पर्वत पर्यटन प्रवद्र्धन केन्द्र कुश्माको आयोजनामा हुने प्रदर्शनीमा ५२ वटा फोटो रहने छन् । साहित्यकार समेत रहेका आर.के. अदिप्त गिरी र जापानीज नागरीक एरिको ओकावाले पर्वत जिल्लामा खिचिएका फोटोहरु पहिलो पटक पोखरामा प्रदर्शन गर्न लागिएको बताईको छ । ‘मैले यस जिल्लाका भू भाग चाह¥दा बिचित्रका सम्भावना देखें र केहि आफ्नो क्यामरामा कैद गर्न पुगे’ गिरीले भने–‘तिनै फोटो कलालाई सार्वजनिक गर्ने जमर्को गर्दैछु ।’

करिव ५÷६ बर्ष अघिदेखि विभिन्न समयमा खिचिएका गिरीका ४२ वटा र जापानीज नागरीक एरिको ओकावाका १० वटा फोटो प्रदर्शनी हुने छन् । जसमा जाइकाले सहयोग गरेको गिरीले जानकारी दिए । फोटो प्रदर्शनी पोखरापछि काठमाण्डौं, कुश्मा र बागलुङपनि प्रदर्शनी गर्ने तयारी भएको छ । फोटो प्रदर्शनी संगै शनिबार पोखरामा पर्वत जिल्लाको पर्यटन गुरुयोजना निर्माण सम्बन्धि छलफल पनि हुने आयोजकको भनाई छ ।

 

कमेन्टहरु
Loading...