हिसान स्पोर्टस मिट अन्र्तगत टेबुल टेनिस सुरु

पोखरा, ५ पुष /उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पुष ५ गते देखि हिसान स्र्पोटस मिट अन्र्तगत टेबुल टनिस प्रतियोगिता सुरु भएको छ । पुर्वाञ्चलमा यही पुष ८ गते देखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको कारणले गर्दा अनौपचारीक रुपमा हिसान स्पोटर्स मिट अन्र्तगत पुष ६ देखि सम्म टेबुल टेनिस प्रतियोगिता सुरु भएको हो ।

कास्कीका ४७ उच्च मावीका छात्र तथा छात्रा दुबै तर्फको एकल तर्फको टेवल टेनिस खेलहरु भएको प्रतियोगिताका मुल संयोजक रमाकान्त बरालले जानकारी दिए । सम्पन्न खेल बाट छात्रको सिङ्गलस्मा बिबेक भुजेल (नेशनल इन्भेन्टििभ) र शुसन कार्की (ग्लोबल उच्च मावी) फाइनलका लागि प्रतिष्पर्धा गर्ने छन । प्रतियोगितामा किरण चालिसे (कास्की मोर्डनाइज्ड एकेडेमी) र संदेश कार्की (ग्लोवल उमावी) तेश्रो भएका छन ।

पतियोगितामा छात्रा तर्फ मुना थापा (सृजना उच्चमावी) र सविना गुरुङ्ग (ग्लोवल उच्चमावी) फाइनलका लागि भिड्ने छन भने प्रतियोगितामा कृतिका राजभण्डारी (सगरमाथा उमावी) र छिरिङ्ग भुटी गुरुङ्गले तेश्रो स्थान प्राप्त गरेका छन । प्रतियोगिता  छात्र सिङ्गलस्मा ५९ र छात्रा तर्फ २४ जनाले प्रतिष्प्रर्धा गरेका थिए । वुधवार दुवै तर्फ फाइनल र डवल्स् तर्फको खेल सुरु हुने हिसान कास्कीका अध्यक्ष बावुराम पन्तले जानकारी द्रिए ।

दशौं संस्करणको स्पोर्टस मिट २०७३ यही पौष ८ गते देखि ११ गते सम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारीएको छ । विजेता खेलाडी तथा समुहलाई ट्रफी मेडल प्रमाण पत्र वितरण गरीने र प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख ९५ हजार खर्च लाग्ने अध्यक्ष पन्तले वताएका छन । सोमवार देखि सुरु भएको टेवल टेनिस प्रतियोगिताको मुल आयोजक समितीका संयोजक बराल र अध्यक्ष पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कमेन्टहरु
Loading...