तनँहुको भीमादमा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने

पोखरा, ५ पुष/तनँहुको भीमादमा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । लायन्स क्बल अफ भिमादको आयोजनमा हुन लागेको प्रतियोगिता पुष १४ गते हुने सोमबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विजय हिराचनल जानकारी दिए ।

उनले प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागीता रहने जानकारी दिए । १३ किलो मिटरको दौडमा प्रथम हुनेलाई नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरि दोस्रो र तेस्रोले १५ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतियोगिता प्रतियोगिले भिमाद सेति नदी पुलबाट सुरु भई कुमारचोक, ठाडोलाइन, सुबेदी चोक, देउराली, लहरेनी हुदै सिद्ध गुफा, बसपार्कमा पुगेर लहरनेनी देउराली हुदै ग्रामिण तािलम केन्द्र, शान्तिनगर, कयाम्पस रोड हुदै भिमाद रंगशालमा सम्म दौडने छन् ।

प्रतियोगिता सम्पन गर्न करिब १ लाख ५५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । पत्रकार सम्मेलनमा सचिब सुदिप बन्धु भण्डारी, युवराज सुनार, अजय श्रेष्ठ लगाएतले प्रयितोगिताका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...