पोखरामा ‘..नो कम्प्रोमाईज’ वोर्डले अचम्मित

पोखरा, ३ पुष /आईतबार पोखरामा सधैं भन्दा फरक दृष्य देख्दा पैदल हिड्नेदेखि सवारी साधनहरुमा हिड्ने समेत चकित परे।
एउटा युवा, एक हातमा ‘..नो कम्प्रोमाईज’ लेखेको वोर्ड लिएर उभिएको देखेर अचम्मित नहुने सायदै कमै थिए । त्यस माथि ति युवाहरुलाई के हो यो भनेर यो सोध्दा एउटै जवाफ दिन्थे, जनचेतनाको लागि ।

पुथ्वीचोकमा ‘सडक अनुशासनमा नो कम्प्रोमाईज’ लेखिएको वोर्ड, वसपार्कमा ‘सुरक्षित यात्रामा नो कम्प्रोमाईज’, रंगशाला गेटमा ‘फिटनेसको मामलामा नो कम्प्रोमाईज’ लेखिएको वोर्ड, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको गेटमा ‘स्वास्थ्यको मामलामा नो कम्प्रोमाईज’ लेखेको वोर्ड लिएर उभिएको व्यक्तिहरुलाई यस वारेमा सोध्दा उनले जनचेतनाको लागि हो भन्ने जवाफ दिए।
सबै अचम्म मानेर हेर्दै जान्थे । कसैकसैले मात्र त्यस बारेमा सोध्ने गर्दथे तर धेरै जना हेरेर पढेर आफ्नो वाटो लाग्थे ।

भाटभटिनि सुपर मार्केटको गेटमा ‘परिवारको खुशीको मामलामा नो कम्प्रोमाईज’ लेखिएको वोर्ड लिने नारायण वस्नेतले पनि जनचेतनाको लागि स्वतस्फुर्त रुपमा यो कार्य गरेको वताए । त्यस्तै हातमा ‘आस्थाको मामलामा नो कम्प्रोमाईज’ लेखिएको वोर्ड लिएका लेकसाईड, वाराही मन्दिर अगाडि भेटिएका अशोक थापाले पनि हामी अझै दुई दिन यसरी नै पोखरामा रहने जानकारी गराए । न्युरोडमा भेटिएकी पैदल यात्री आर्या शर्मा र उनका साथीहरुले पनि पोखरामा यी वोर्डहरुले सबैलाई अचम्मित पारेको वताए । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१६ को अवसरामा सुरक्षित बैदेशिक रोजगारको प्रतिबध्दताः हामी सबैको ऐक्यबद्धताू भन्ने नारालाई सबैलाई जानकारी दिन यस्तो गरेको हो युवाले बताए ।

कमेन्टहरु
Loading...