देशबासीलाई सम्बोधन गर्दै रेग्मीले भने-मेरो निश्पक्षतामा शंका नगर्नुस्

३१ जेठ, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफूले गराउने निर्वाचनको निश्पक्षतामा शंका नगर्न आग्रह गर्नु भएको छ । मंसिर ४ गते संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पहिलो पटक देशबासीका नाममा सम्बोधन गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आफ्नो एक मात्र उद्देश्य निश्पक्षतापूर्वक संविधानसभाको निर्वाचन गराउनु भएको बताउनु भयो । ‘म न्यायपालिकाको पृष्ठभूमिको मान्छे, जसले ४१ वर्ष लामो जीवन निश्पक्षता र इमान्दारितापूर्वक न्याय सम्पादन गर्ने कार्य गरेर विताएको हो’ उहाँले भन्नुभयो-’निश्पक्षता र तटस्थता मेरो जीवनको एक मात्र आर्दश हो र यसमा कुनै पनि सम्झौता हुँदैन । मेरो एक मात्र उद्देश्य निश्पक्षतापूर्वक संविधानसभाको निर्वाचन गराउनु हो ।’ मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सरकारविरुद्ध आन्दोलनरत दलहरुलाई वार्तामा आउन विशेष आहृवान गर्नु भएको छ । – See more at: http://www.onlinekhabar.com/2013/06/81937/#sthash.0wd7CUpk.dpuf

कमेन्टहरु
Loading...