संविधानसभा सदस्य निर्वाचन अध्यादेश जारी

काठमाडौ, जेष्ठ ३१ – राष्ट्रपति रामवरण यादव ले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० प्रमाणिकरण गरेको छ । मन्त्रिपरिषद्को बैठकले बिहीबार पारित गरेर प्रमाणिकरणको लागि बुझाएको अध्यादेश राष्ट्रपतिबाट शुक्रबार प्रमाणिकरण गरिएको हो ।

राष्ट्रपति कार्यालयले बिज्ञप्ति प्रकाशित गरी अध्यादेश प्रमाणिकरण गरिएको जानकारी गराएको छ । निर्वाचन कानुनको प्रमाणिकरणसंगै निर्वाचनको बाटो खुलेको छ ।

यसअघि दलहरुबीच समानुपातिक तर्फको सीट संख्या, थ्रेसहोल्डलगायतका विषयमा कुरा नमिलेपछि कानुन ल्याउन ढिलाइ भएको थियो । सरकारले ल्याएको अध्यादेशमा थ्रेसहोल्ड राखिएको छैन भने समानुपातिक सीट संख्या घटाएर २४० मा झारिएको छ ।

– See more at: http://www.ekantipur.com/np/2070/2/31/full-story/370064.html#sthash.791zAVYL.dpuf

कमेन्टहरु
Loading...