युनाइटेड क्लवद्धारा विश्वशान्ति माविमा छात्रबृत्तिकोष स्थापनाका, तीन थान कम्प्युटर बितरण

पोखरा, २ पुष/युनाइटेड क्लव पोखराले कास्कीको देउराली उकालीमा रहेको विश्व शान्ति माविमा छात्रबृत्ति अक्षय कोष स्थापना गर्नुका साथै कम्प्युटर हस्तान्तरण गरेको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्रियाकलापमा अग्रसरता देखाउदै आएको युनाइटेड क्लवले आफ्नो शैशिक कार्यक्रम अन्तर्गत विश्व शान्ति माविमा ५० हजारको छात्रबृत्ति अक्षय कोष र तीन थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित अक्षयकोष स्थापना तथा कम्प्युटर हस्तान्तरण कार्यक्रममा युनाइटेड क्लवका उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक लालकाजी गुरुङ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, कोषाध्यक्ष गणेश तिमिल्सिना, शिक्षा उप समिती सदस्य सिद्धि कुमार श्रेष्ठ र विष्णु पराजुली, कार्यसमिती सदस्य दिनेश सुनार, महोत्सव पार्किङ उपसमिती संयोजक सन्तोष कार्कीले विद्यालयका पूर्व अध्यक्ष प्रज्वल शर्मा पगेनी र विद्यालयका प्राचार्य बसन्त पहारीलाई चेक र कम्प्युटर हस्तान्तरण गरेका थिए ।

सो समारोहमा वोल्दै विद्यालयका पूर्व अध्यक्ष प्रज्वल शर्मा पगेनीले ग्रामिण भेगमा रहेको विद्यालयलाई मध्येनजर गरेर युनाइटेड क्लवले गरेको सहयोग अतिनै महत्वपूर्ण रहेको वताए । विद्यालयलाई कम्प्युटर शिक्षामात्र नभइ गरिव तथा जेहेन्दार छात्रछात्रालाई मध्येनजर गरेर स्थापना गरेको छात्रबृत्ति कोषले विद्यार्थीहरुको पढाइमा थप उर्जा प्रदान गर्ने समेत उनको भनाइ रहेको थियो ।

त्यसैगरी युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएको र सोही अनुरुप विश्व शान्ति माविमा अक्षयकोष र कम्प्युटर प्रदान गरेको वताउदै आगामी दिनमा पनि सहयोग गर्ने वताए ।  त्यस्तै क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखिनै यस्ता सामाजिक क्रियाकलापमा अगाडी वढिरहेको र आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने वताए । गुरुङले आगामी पुस २९ देखि माघ १० गते सम्म आयोजना हुने छैठौ संस्करणको पोखरा महोत्सवमा विद्यार्थीलाई लिएर महोत्सवमा आउन विद्यालय परिवारलाई आग्रह समेत गरे ।

क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य बसन्त पहारी, शिक्षा उप समिती सदस्य सिद्धि कुमार श्रेष्ठले मन्तब्य राखेका थिएभने उक्त कार्यक्रमको सञ्चालन क्लवका महासचिव राजु श्रेष्ठले गरेका थिए । स्मरण रहोस यस अघि युनाइटेड क्लवले अमरसिंह उच्च मावि अमरसिंहचोक, कालिका उच्च मावि रामबजार, भगवती निमाबि पुँदी भुम्दी, महेन्द्र उच्च मावि भलाम, मसिना प्रावि पोखरा १८ छिनेडांडा, चन्द्र ज्योती उच्च माबि घिरिङमा अक्षयकोष स्थापना गरिसकेको छ । शुक्रबार आयोजित कार्यक्रममा २ सय वढी विद्यार्थीहरुलाई सावुन, ब्रस र मन्जन समेत वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...