पोखरा फाइनान्सको सुनौलो बचत योजना

पोखरा, २ पुष /पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले व्यक्तिगत निक्षेपकर्ताको लागि वार्षिक ६ प्रतिशत ब्याज प्रदान गर्ने गरी सुनौलो बचत योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बचत खाता सञ्चालन गर्ने ग्राहकले पहिलो बर्षमा निःशुल्क लकर सेवा प्राप्त गर्ने फाईनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

चुक्ता पृ्ँजी ४९ करोड ११ लाख रहेको यस वित्तीय संस्थाको हालै सम्पन्न २० औं वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७२÷७३ को लागि चुक्ता पृ्ँजीको कुल १४.२१ प्रतिशत मुनाफा वितरण स्वीकृत गर्नुको साथै निकट भविष्यमा साधारण सेयरको नयाँ निष्काशन एवं १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...