व्यापार मेलामा जलेश्वर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल

पोखरा, १ पुस /महोत्तरी जिल्लामा रहेको जलेश्वर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले शुक्रबार व्यापार मेलाको अवलोकन गरेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको भ्रमणको क्रममा पोखरा आएको जलेश्वरको प्रतिनिधीमण्डलको सम्मानमा आयोजित छलफल कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले आर्थिक समुन्नतिको लागि निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

स्थायित्व बिना आर्थिक उन्नति सम्भव नभएको बताउँदै उहाँले निजी क्षेत्रमाथि आई पर्ने समस्याको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले सीमा क्षेत्रमा रहेको जलेश्वर धार्मिक र व्यापारिक हिसावले पनि महत्वपूर्ण रहेको बताउनुभयो । जलेश्वर उद्योग वाणिज्य संघले अहिलेसम्म मेला महोत्सव आयोजना नगरे पनि आउँदा दिनमा मेला आयोजना गर्ने सोच बनाएको उहाँको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका गतिविधीबारे जानकारी दिँदै नेपालको निजी क्षेत्रले आर्थिक सम्वृद्धिको लागि खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीको धन्यवाद तथा उपमहासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा व्यवसायिक हक हितका अलावा दुई उद्योग वाणिज्य संघबीच सम्बन्ध बिस्तारको लागि आगामी दिनमा सम्पर्क र सहकार्य बढाउनेबारे चर्चा भएको थियो ।

मेलामा शनिबार दीपक बज्राचार्य र गिरिश ¥यापरको प्रस्तुति रहनेछ भने लोकदोहोरीतर्फ पशुपति शर्मा, प्रजापति पराजुली, जीवन दाहाल, शंकर बिरही गुरङ, दुर्गा गुरुङ, तारापति सुवेदी,ज्योति लोहनी,प्रेमराज अधिकारी,टेक क्षेत्री,दिलु लामा, सुरज आचार्य,सुरेश भुर्तेल लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । यता मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार शुुक्रबारसम्म करिब १ लाख जनाले मेलाको अवलोकन गरेका छन् भने मेलास्थलबाट झण्डै ९ करोडक जतिको कारोवार भएको छ ।

कमेन्टहरु
Loading...