अन्तर स्थानीय निकाय कर्मचारी ब्याडमिन्टन प्रतियोगिता पोखरामा सुरु

पोखरा, पुस दोस्रो अन्तर स्थानीय निकाय कर्मचारी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा सुरु भएको स्थानीय निकाय कर्मचारी संघ जिल्ला समिति कास्की पोखरा उपमहानगरपालिका इकाइको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस गतेसम्म चल्नेछ प्रतियोगिताको नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले उद्घाटन गरेका थिए उनले खेलकुद मनोरञ्जन दिने विधा मात्र नभएको बताउँदै यसले संसारलाई जोड्ने गरेको बताए

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा सुरु

खेलकुदले राष्ट्रिय एकतालाई बलियो बनाउने भनाइ उनको हिमालदेखि तराईसम्मका स्थानीय निकायका कर्मचारीबीचको प्रतियोगिता आयोजना गरेर स्थानीय निकाय कर्मचारी संघले सह्रानीय कार्य गरेको भन्दै प्रशंसा गरे स्थानीय निकायका कर्मचारीको बीचमा अपसी भाइचारा सम्बन्ध विस्तार गर्न प्रतियोगिता आयोजना गरिएको मूल आयोजक समितिका संयोजक इन्जिनियर महेन्द्रबहादुर​ गोदारले जानकारी दिए प्रतियोगितामा सिंगल/डबल गरी ३१३१ टिमको सहभागिता रहेको

प्रतियोगितामा एकलतर्फ प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ द्वितीयलाई १५ हजार प्रदान गरिने उनले बताए डबलतर्फ प्रथमलाई ५० हजार रुपैयाँ द्वितीयलाई २५ हजार पाउने छन् ।स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य छवि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठ, उपाध्यक्ष नारायण शर्मा, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा उपमानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, प्रतियोगिताका सहसंयोजक धु्रव भट्टराई लगायतकाले बोलेका थिए

कमेन्टहरु
Loading...