लेखनाथमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

पोखरा ,१ पुस । कास्कीको लेखनाथमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भ​एको छ । शुक्रबार​ विहान पोखरा आउदै गरेको बा ५३ प २६०२ नम्बकरको स्कुटरलाई ना ५ ख ८५९५ नम्बरको ट्रकले लेखनाथ १३ तल्लो गगनगौडामा ठक्कर दिदा स्कुटरमा सवार गोरखा लक्ष्मीबजार ८ की ४० बर्षीय गञ्जे श्रेष्ठको मृत्यु भ​एको प्रहरीले जनाएको छ ।

accident
accident

स्टुकर चालक ५० बर्षीय राम बहादुर थापाको अबस्था भने सामान्य छ । महिलाको घटना स्थलमै ज्यान गएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समान दिशाबाट आइरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । श्रेष्ठ चालक अनुमति पत्रका लागि परीक्षा दिन पोखरा आउदै गर्दा उनको ज्यान गएको बताईएको छ ।

कमेन्टहरु
Loading...