रेडक्रस र लायन्सको निःशुल्क आँखा शिविर हंसपुरमा

पोखरा, ३० मंसिर ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी उपशाखा १०,११ को युवा सर्कल र लायन्स क्लव अफ पोखरा भैरबको संयुक्त आयोजनामा हंसपुर गाविसमा रहेको रामकोट मा.वि.मा आँखा जाँच शिविर सम्पन्न भएको छ । ९१ वर्षीय जुठी गुरुङ्ग र धर्मनाथ सुवेदीलाई प्रिक्रिप्सन कार्ड हस्तान्तरण कार्यक्रमको शुभारम्भ गरिएको उक्त आँखा शिविरमा ४ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

रेडक्रस र लायन्सको निःशुल्क आँखा शिविर हंसपुरमा

शिविरमा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार भीमसेनकुमार श्रेष्ठले कार्यक्रमको हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुहूँदै विकट क्षेत्रमा आइ मानव जीवनमा अति आवश्यक अंग आँखाको निःशुल्क परीक्षण गराई मोतिया विन्दुको अप्रेशन गराउने कार्य गरेमा धन्यवाद दिनुहुँदै केही दिनको छुट्टीमा नेपाल घुम्ने क्रममा रेडक्रसले गरेका धेरै गतिविधि अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्दै सक्दो मानवीय सेवामा सहयोग गर्ने बताउनुभयो ।

रामकोट माविका विद्यार्थीहरुले स्वयंसेवकको सेवा प्रदान गरेको उक्त शिविरमा उपशाखा १०, ११ का सदस्य हिरादेवी श्रेष्ठ, सुमन लामा र उपशाखा २।३ का महिला सदस्य कमला थापाले स्वयम्सेवा कार्यमा सहयोग पु¥याएका थिए । कार्यक्रममा रामकोट मावि, रातामाटा प्रावि, हंसपुर प्राविका विद्यार्थीलाई आँखा परीक्षण गराई २० जनालाई हिमालय आँखा अस्पताल पोखराबाट निःशुल्क चस्मा उपलब्ध गराउने प्राविधिक रुपसिंह बोहराले बताउनुभयो ।

कार्यक्रममा हिमालय आँखा अस्पतालका प्राविधिक रुपसिंह बोहरा, धर्मराज यादवले आँखा चेकअप गरेको थिए । उक्त शिविरमा सहयोगीदाता अमेरिका निवासी मिला श्रेष्ठ, उपशाखा १०,११ का सभापति सम्मर बहादुर श्रेष्ठ, उपशाखा २,३ का सभापति खगेन्द्र पराजुली, हंसपुर उपशाखाका सभापति गंगाबहादुर गुरुङ्ग, रामकोट माविका प्राचार्य भरतमणि भट्टराई, रामकोट मावि व्यवस्थापन समितिका अध्यक्ष निर्मला सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए । शिविरबाट ४ सय जनाको आँखा परीक्षण गरिएकोमा ६ जनाको मोतियाविन्दुको अप्रेशन गर्न हिमालय आँखा अस्पताल ल्याइएको उपशाखा १०, ११ महिला समिति सदस्य यामकुमारी ढकालले बताउनुभयो ।

निःशुल्क औषधि वितरण गरिएको उक्त आँखा शिविरमा करीब १ लाख बराबरको औषधि, चश्मा वितरण गरिएको महिला समिति सदस्य धनमाया गुरुङ्गले बताउनुभयो ।नेरेसो उपशाखा १०, ११ युवा सर्कलका संयोजक किरण प्रसाद भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवाःकाचाःखलः हंसपुरका अध्यक्ष भैरब लाल श्रेष्ठले रेडक्रसका सात सिद्धान्तवाचन, लायन्स क्लव अफ भैरबका सदस्य ला.विनोदराज सुवेदीले स्वागत गरेको कार्यक्रमको संचालन उपशाखा १०, ११ का कोषाध्यक्ष सिता तिमिल्सिनाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...