लेखनाथ पत्रकार मञ्च विधिवत रुपमा दर्ता

लेखनाथ, ३०मंसिर/संम्मृद्ध लेखनाथका लागि पत्रकारीता भन्ने मुल नाराका साथ स्थापना भएको लेखनाथ पत्रकार मञ्च विहिवार देखि विधिवत रुपमा दर्ता भएको छ। कास्की क्षेत्र नं १ अन्तरगत लेखनाथ नगर पालिकालाई कार्यक्षत्र बनाएर वा जन्मस्थल भएका पत्रकारहरुको साझा सस्थाका रुपमा विस २०६७ सालमा स्थापाना भएको मञ्चले विहिवार जिल्ला प्रशासन कार्यालय कास्कीवाट सस्था दर्ताको प्रमाण पत्र पाएको हो।

लेखनाथ पत्रकार मञ्च विधिवत रुपमा दर्ता

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मोहन बहादुर थापाले सस्था दर्ता नं ३६०२ को प्रमाण पत्र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि वराललाई हस्तान्त्रण गरेका हुन् ।समग्र पोखरा उपत्यकाको आर्थीक तथा सामाजीक विकासका लागि पत्रकारीताको क्षेत्रबाट अगाडी वढाउने उदेश्यले स्थापना भएको लेखनाथ पत्रकार मञ्चले मंसिर ३० गतेलाई आफनो स्थापना दिवसका रुपमा मनाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट सस्था दर्ताको प्रमाण पत्र पाएको लेखनाथ पत्रकार मञ्चले पहिलो स्थापना दिवसको अवसर पारेर विहिवार लेखनाथको अर्घौचोकमा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमा सरसफाई र माल्यापण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रजातन्त्रका सेनानी हिरामणि सुवेदीले सस्था दर्ताको प्रमाण पत्र लोकार्पण गर्दै लेखनाथ पत्रकार मञ्चका कार्यसमिति सदस्यहरुलाई सामुहिक रुपमा हस्तान्त्रण गरेका थिए।

कमेन्टहरु
Loading...