प्राइम सहकारीद्वारा कैदीहरुका लागि पुस्तकहरु हस्तान्तरण

पोखरा, ३० मंसिर । पोखर–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला कारागार कास्कीका कैदीहरुका लागि पुस्तकहरु हस्तान्तरण गरेको छ । कारागारमा रहेका कैदीहरुलाई अध्ययनका लागि पुस्तक अभाव भएको जानकारी पाएपछि विभिन्न प्रकारका २ सय वटा भन्दा बढी पुस्तक हस्तान्तरण गरिएको सहकारीका प्रवन्ध निर्देशक सुरेन्द्रमणि पौडेलले जानकारी दिए ।

कैदीहरुका लागि पुस्तकहरु हस्तान्तरण

‘सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कारागारमा गएर पुस्तक सहयोग गरिएको हो,’ उनले भने, ‘अरुको ध्यान नगएको ठाउँमा पुगेर हामीले सामाजिक काम गर्न सफल भएका छौं ।’ कारागारमा रहेका कैदीहरुले रुची अनुसारको पुस्तक पढ्न सकुन भनेर सहकारीले पुस्तक सहयोग गरेको सहकारीका सल्लाहकार तथा संस्थापक निदेशप्रसाद कोइरालाले बताए । कारागारमा अहिले ७ सय भन्दा बढी कैदीबन्दी छन् ।

कमेन्टहरु
Loading...