लालीगुँरास ७ ए साइड फुटबल हुने

पोखरा, ३० मंसिर/लालीगुँरास एसोसिएसन क्लबको आयोजनामा प्रथम लालीगुँरास खुल्ला ७ ए साइड फुटबल कप–२०७३ हुने भएको छ । ‘वि क्यान चेन्ज’ भन्ने मुल नाराका साथ पुष ८ गतेदेखि पुस १५ गतेसम्म अंमरसिह खेलमैदानमा हुने प्रतियोगिता संयोजक सुमन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा करिब ४५ टिम सहभागिता रहने संयोजक गुरुङले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २५ हजार ५ सय ५५ कप, मेडल र प्रमाण पत्र र द्वितीय पुरस्कार ७५ हजार ५ सय ५५ सहित कप मेडल र प्रमाण पत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, डिफेन्डर, स्टाइकर र अनुशासित टिमलाई पुरस्कृत गरिने उनले बताए । खेलमा क्वाटर फाइनलबाट म्यान अफ द म्याचको पुरस्कार समेत प्रदान गरिने छ । एक हप्तासम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ८३ हजार १ सय १० खर्च लाग्ने र ९ लाख आम्दानी हुने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...