पोखरा औद्योगिक व्यापार मेला जारी, नमस्तेको सिमकार्ड निःशुल्क वितरण

पोखरा, ३० मंसिर /पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत उत्कर्षतिर पुगेको छ । मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म चल्ने मेला उत्तरार्धतिर धकेलिँदा यो स्थिति आएको हो । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ जारी मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन र बिक्री बितरण गर्दै व्यवसायीहरुलाई उद्यमशिलता सिकाउने उदेश्य राखेको छ ।

मेलामा अटो, सूचना प्रविधी, हस्तकला, कृषि, फ्लोरिकल्चर,दैनिक जीवनमा प्रयोग हुने सामाग्रीसहितका स्टलहरु रहेका छन् । ती स्टलहरुबाट विशेष छुटसहित सामानहरु बिक्री बितरण भई रहेको छ भने मेला स्थलमा निशुल्क वाईफाईको व्यवस्था समेत गरिएको छ । यसैगरी मेलामा रहेको स्टलबाट नेपाल टेलिकमले ५० रुपैयाँ ब्यालेन्स भएको नमस्तेको प्रिपेड सिमकार्ड निशुल्क वितरण समेत गरिएका मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जनाउनुभयो ।

यता आम पोखरेलीलाई शारिरीक सुगठनबारे जानकारी दिन तथा स्वास्थ्यप्रति सचेतता बढाउन बिहीबार मेला स्थलमा शारिरीक सुगठन प्रतियोगिता आयोजना गरियो । प्रतियोतितामा ५५, ६०,६५,७० किलोग्राम तथा खुल्ला गरी पाँच विधामा प्रतिष्पर्धा भएको थियो ।  यसैगरी मेलामा विहीबार लोकदोहोरीतर्फ रामजी खांड, शंकर बिरही गुरुङ, जीवन दाहाल,सुरेन्द्र गुरुङ, रामजी पौडेल,भिमसेन खतिवडा,कृष्ण अखेली,शान्ती डोटेल, रमा राना,प्रिया गुरुङ, नेत्र खड्काको प्रस्तुति रहनेछ भने पपतर्फ आनन्द बज्राचार्य र रजनी राई विशेष आकर्षणको रुपमा रहे ।

यसैगरी हाँस्य कलाकार पल्पसा र सुरवीर तथा पिसिसिआई गायन तारामा पनि दर्शक झुम्मिएको संघका कोषाध्यक्ष तथा साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार बुधबारसम्म करिब ९२ हजार जनाले मेलाको अवलोकन गरेका छन् भने मेलास्थलबाट झण्डै ८ करोड २५ लाख रुपैयाँको कारोवार भएको छ ।

शुक्रबार लोकदोहोरीतर्फ राजु गुरुङ, प्रजापति पराजुली, शंकर विरही गुरुङ, सुरेन्द्र गुरुङ, प्रदीप त्रिपाठी, लक्ष्मी ढकाल, निषा पोखरेल, ज्ञानेश्वर सुवेदी, माधव चापागाईँ, सरस्वती लामिछानेसहितका कलाकारहरुको प्रस्तुति रहनेछ भने पपतर्फ चर्चित लाहुरे ब्याण्ड,आरभि ¥यापटर्सको प्रस्तुति रहनेछ । यसैगरी पिसिसिआई सिंगिङ स्टार र वि बोइङ डान्स र विभिन्न स्कूलका विद्यार्थीको नृत्य प्रस्तुति पनि मेलाको आकर्षण रहने संघका कार्यसमिति सदस्य सीता बरालले जानकारी दिनुभयो । हाँस्यकलाकार पुरुषोत्तम भण्डारी ( पुर्खे बा) को प्रस्तुतिले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने आयोजक पक्षको दावी रहेको छ ।

कमेन्टहरु
Loading...