देश टुक्राउन लाग्ने हैन देश बनाउन लाग्नु पर्दछ –थापा

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर /राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष कमल थापा देशलाई टुक्राउनु पर्दछ भनेर एउटा सानो समुह लागेको बताउदै देश बचाउन सबै लाग्नु पर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय एकिकरण घोषणा सभालाई सम्बोधन गर्दै सानो समुहको मागलाई बेलैमा सम्बोधन गर्नु पर्ने बताए ।

उनले दल र नेताको अर्कमन्यताले देशमा २०५२ सालमा सानो समुहले गरेको युद्ध ठुलो जनयुद्धमा पुगेको बताउदै देशलाई टुक्राउनु पर्छ भने सानो समुहलाई मिलाएर अगाडी बढ्नु पर्ने बताए । उनले देश टुक्राउन खोज्नेहरु सक्रिय भएको बताउदै देश जोगाउन भए पनि दुई पार्टी एक भएको बताए । उनले देश बाह्यि शक्तिले नेपालमा खेल खेल्न सकेन भएको बताउदै राष्ट्रिय एकताका लागि एक जुट हुनु पर्ने बेला आएको बताए ।

उनले नेपालमा पैसाको आड्मा धर्म परिर्वतको लहड् चलाएको बताए । धर्मपरिर्वत गर्नेमा सबै भन्दा बढि जनजाती र दलित बढि रहेको उनको भनाई थियो । उनले सरकारी उद्योगहरु कौडिको भागमा विक्रि गरेको आरोप लगाउदै उद्योग बन्दहुदा युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको बताए । उनले दुई पार्टीको एकिकरण यति कै नभएको बताउदै देश बचाउने र देश विकास गर्ने बताए । उनले देश हेरक दृश्टीले संकटमा रहेको बताए ।

त्यसका लागि पनि राष्ट्रबादि पार्टीका आवश्यकता रहेको उनको भनाई थियो । कार्यक्रममा पशुपति शम्सेर जंगबहादुर राणाले देश अहिले रणभुल्मा परेको बताए । उनले नयाँ नेपाल नारामा मात्र सिमित भएको बताउदै देश बनाउन नयाँ सोच अनुसार अगाडी बढ्नु आवश्यक रहेको भनाई थियो । उनले देश विकासका लागि अहिले शक्ति साली राष्ट्रबादी पार्टी आवश्यक रहेको बताए ।

देशको पहिचान ल्याउने हो भने हिन्दुधर्मलाई सविधानमा नै लेखिनु पर्ने बताउदै हिन्दुधर्म हुदा अन्य धर्मलाई कुनै बाधा नपरको उनको भनाई थियो । उनले हिन्दु राष्ट्र कायम गर्न सरकार सगँ माग समेत गरे । कार्यक्रममा विभिन्न तहका नेताहरुले सम्बोधन गर्दै सरकार बनाउन दक्षिण र उत्तरको आर्शिवाद खोज्नु भन्दा जनताको आशिरवाद लिन नेताहरुलाई सुझाब दिएका थिए । सभा अघि पोखराको सभागृहचोकबाट विभिन्न झाँकी सहितको ¥याली मानब अधिकार चोकमा पुगेर ासभामा परिणत भएको थियो ।

कमेन्टहरु
Loading...