पश्चिमाञ्चलको रजतजयन्ती विभिन्न कार्यक्रम

पोखरा, ३० मंसिर/पश्चिमाञ्चल माध्यमिक विद्यालयको रजत जयन्ती सप्ताहव्यापी कार्यक्रम सहित समापन भएको छ । एकसातादेखि विद्यालयमा चलिरहेको सप्ताहव्यापी कार्यक्रम बुधबार समापन गरिएको हो । रजत जयन्ती समापन कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले सबै बालबालिकासम्म शिक्षाको पहुँच बिस्तार गर्नुपर्ने बताए ।

उनले अझैपनि कतिपय बालबालिका पढ्नबाट बञ्चित रहेकोमा उनीहरुलाई विद्यालयसम्म पु¥याउन सबैको पहल जरुरी रहेको बताए । ‘कोहीपनि बालबालिका शिक्षाबाट बञ्चित हुनु हुँदैन । सबैले कुनै न कुनै तहको शक्षा पाउनुपर्छ,’ उनले भने, ‘त्यसमा सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्छ ।’

कार्यक्रममा परीक्षा बोर्ड, प्याब्सन लगायतका संस्थाका पदाधिकारीले पश्चिमाञ्चल माविले शैक्षिक जनशक्ति उत्पादनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सप्ताहब्यापी कार्यक्रममो समापनमा बोल्दै पश्चिमाञ्चल माविका प्राचार्य ताराबहादुर घिमिरेले प्रविधिमैत्री शिक्षामा पश्चिमाञ्चल माविले जोड दिएको बताए ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यालय स्थापनादेखि हालसम्म भोगेका सहजता र असहजताका बारेमा जानकारी दिलाएका थिए । ‘कुनैबेला हामीले सहजाताका साथ काम ग¥यौं । कुनैबेला असहज अवस्था पनि भोग्नुप¥यो,’ उनले भने, ‘हजारौं जनशक्ति उत्पादन गरेर शिक्षा क्षेत्रमा योगदान दिन सकेका छौं । यसमा हामीले गर्व गरेका छौं ।’ सप्ताहव्यापी कार्यक्रममा मंगलबार खुला रक्तदान आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका प्राध्यापक लगायतलाई सम्मान गरिएको थियो । पश्चिमाञ्चल माविका व्यवस्थापन, मानविकी र विज्ञान तथा लेकसिटी कलेजका उत्कृष्ट विद्यार्थीलाई समापन अवसरमा पुरस्कृत गरिएको थियो । त्यस्तै निवन्ध, कविता, बास्केटबल प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालयमा गत २३ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको थियो । सप्ताहव्यापी कार्यक्रममा वृद्धवृद्धा सम्मान, निबन्ध प्रतियोगिता, शैक्षिक प्रर्दशनी, बास्केटबल प्रतियोगिता, प्रतिभा प्रस्तुती, लगायतका गतिविधि भएका थिए ।

कमेन्टहरु
Loading...