गण्डकी मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर /विभिन्न चार सूत्रिय माग राख्दै गण्डकी मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार देखि आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र केलजको शैक्षिक कार्यक्रम प्रभावित भएको छन् ।

सेवा सुविधा बढाउनु पर्ने र निस्कासित चिकित्सकहरुको बहाली गर्नु पर्ने, महिना बितेको ७ दिन भित्र तलब वितरण गर्नु पर्ने लगाएतका माग गर्दै आन्दोलनमा उत्रिनु पर्नेको सर्घष समितिका सचिब डा. तारा कोइरालले जानकारी दिए । उनले विना कारण चिकित्सलाई निस्कासन गरेका कारण उनिहरुलाई पुर्न वाहाली गर्नु पर्ने बताए ।

उनले व्यवस्थापनले शुक्रबार सम्म आफ्ना माग पुरा नगरे कडा आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताए । तीन÷तीन वर्ष भन्दा बढि काम गरेका चिकित्सकलाई निस्कासन गरेको उनले बताए । व्यवस्थापन पक्षले भने चिकित्सिकहरुलाई निस्कासन नगरेको बताएको छ ।

करार सकिएका २ चिकित्सिकहरुलाई म्याद नथपेको गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले बताए । उनीहरु कलेजको समयमा पनि अन्यत्र परिक्षणमा जाने गरेका कारण बाध्य भएर करार थप गर्न नसेको व्यवस्थापन पक्षले बताएको छ ।

कमेन्टहरु
Loading...