पोखराको विजयपुर खोलाको पुलबाट ट्रिपर खस्यो, एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २८ मंसिर /पोखराको चाउथे स्थित विजयपुर पुलबाट ट्रिपर खस्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग१ख ३७१८ नम्बरको ट्रिपर विजयपुर खोलाको पुलबाट तल खसेको हो ।

ट्रिपरका चालकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि अर्का एक जनाको घाइते भएको उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । ट्रिपरका चालक तनहु शुक्ला गण्डकीका २७ बर्षीय टुक वहादुर क्षेत्रीको मृत्यु हो भने सहचालक प्रेम नेपाली सामान्य घाइते छन् ।

 

कमेन्टहरु
Loading...