पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

सागर राज तिमिल्सिना
पोखरा, २८ मंसिर /पोखराको सराङकोटमा केबलकार निर्माण बुधकार देखी सुरु हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोट सम्म जाने गरि केबलकार निर्माण गर्न लागेको हो । स्थानीय जनताको १० प्रतिशत, टाकासी मियाहरा र व्यवासायी कालु गुरुङको लगानीमा केबलकार निर्माण हुन लागेको हो ।

२ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवय नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ९ सय जनालाई सेवा दिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिन्छ उनको भनाई थियो । एउटा डब्बामा ८ जना यात्रु बस्न सक्ने छन् ।

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास
पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

काम सुरुभएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका म्यानेजर तीर्थराज त्रिपाठीले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत उनले बताए । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकार सगँ लिजमा लिएको बताए । कम्पनीले पिल्लर रहेन ठाउँको निजी जग्गा किनि सेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका जग्गा धनिलाई शेयर दिने बताए ।

उनले १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने उनले बताए । केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ ।  नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् ।

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास
पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए । मियाहरा जापानीज नागरिक हुन् । उनले ललितपुर होटल सञ्चालन गर्दै आएका छन् भने साराङकोटमा होटल निर्माण गरिरहेका छन् । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए । अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो । तर पनि विभिन्न कारणले निमार्ण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पनि करिब ६० जनाले रोजगारी पाउने छन् ।

कमेन्टहरु
Loading...