सरकार निर्वाचन गराउन दृढ संकल्पका साथ लाग्ने–वाणिज्य मन्त्री थकाली

प्रदीप पौडेल पोखरा, २८ मंसीर / वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकार निर्वाचन गराउन दृढ संकल्पका साथ अघि वढेको वताउनु भएको छ । भुजेल समाज सेवा समितिको छैठौं राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहांले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपहरिहार्य भएकोले शुरुमा स्थानीय तहको निर्वाचन गराउन सरकार लागेको विचार व्यक्त गर्नु भयो ।

स्थानीय तहको निर्वाचनले गाउंपालिका र नगरपालिकालाई अधिकारसम्पन्न वनाउने उल्लेख गर्दै मन्त्री थकालीले यो तहको निर्वाचन भएपछि सिंहदरवारको अधिकारलाई गाउं तथा नगरपालिकामा पुर्याउन सक्ने विश्वास व्यक्त गर्नु भयो । उहांले अधिकार र पहिचानको माग गर्दा विखण्डन हुन्छ भन्नु गलत सोच हो भन्दै मन्त्री थकालीले जनजातीहरुले प्राप्त गरेको अस्तित्व , पहिचान र अधिकारले राष्ट्रिय एकता मजवूत हुने विश्वास व्यक्त गर्नु भयो ।

समाजका केन्द्रीय अध्यक्ष सूर्य वहादुर भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा आदिवासी जनजादी महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमाल, महासंघका महासचिव पेम्वा भोटे र शम्भु घर्ती लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दुई दिनसम्म चल्ने सो महाधिवेशनमा ५० जिल्लाका करीव ५५० जना प्रतिनिधिहरुको सहभागिता रहको छ । यस अघि पोखराको चिप्लेढुगास्थित मानव अधिकारचोकवाट शुरु भएको र्याली नगर परिक्रमा पछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । महाधिवेशनले नयां कार्य समिति पनि चयन गर्नेछ ।

कमेन्टहरु
Loading...