स्थानीय विकास अधिकारी समक्ष ज्ञापनपत्र पेश

पोखरा, २८ मंसिर /राज्य पुनःसंरचनामा ढिकुरपोखरी गा.वि.स.लाई स्थानीय जनताको भावना, भौगोलिक अवस्थिति, सुगमतालाई ध्यानै नदिई गर्न खोजिएको स्थानीय तहको पुनःसंरचनाको विषयमा कास्कीका स्थानीय विकास अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएको छ ।

पूर्व केन्द्रीय तरुण दल सदस्य भरतजंग कुँवर अध्यक्षतामा ढिकुरपोखरी गा.वि.स.बासीहरुको भेलाले राज्य पुनःसंरचना अन्तरगत स्थानीय पुनःसंरचनामा ढिकुरपोखरी गा.वि.स.लाई प्रस्तावित अन्नपूर्ण गाउँपालिकाबाट अलग गराई पोखरा उपमहानगरपालिकामा समावेश गर्ने उद्देश्यले सर्वपक्षीय संघर्ष समितिको गठन गरी उक्त समिति मार्फत स्थानीय विकास अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको हो ।

संघर्ष समितिका संयोजक चुडामणि अधिकारी लगायत सम्पूर्ण संघर्ष समितिका सदस्यहरुका साथमा बुझाइएको ज्ञापत्र पत्रमा सम्पूर्ण भौतिक सुविधा, विद्यालय, बाटो, क्याम्पस लगायत पानी, विद्युत, संचार लागयतको पहुँच भएको यस गाविसलाई जनताको जनचाहना विपरित गाउँपालिकामा नगाभी पोखरा उपमहानगरपालिकामा समावेश गर्नको लागि अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा जनचाहना विपरित गाउँपालिकामा गाभिएमा जनसंघर्ष समितिले थप आन्दोलनका साथै शसक्त आन्दोलनमा जानुपर्ने बाध्यता हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको संघर्ष समिति संयोजक चुडामणि अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...